१३ मंसिर २०८३ ☀️ २४°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अविश्वासको प्रस्ताव फिर्ता लिदै झापाका तीन प्रदेश सांसदहरुओली पक्षमा

सेयर:

मेचीनगर, माघ ६ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्द अविश्वासको प्रस्ताव राख्दै प्रचण्ड नेपाल पक्षमा रहेका प्रदेश सांसदहरु ओली पक्षमा समर्थन गर्ने भएको छन् । झापाका तीन प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र जसमाया गजमेरले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई समर्थन गर्ने निर्णयमा पुगेका हुन् ।

तीनै जना सांसदहरुले यस अघि मुख्यमन्त्री राई विरुद्द दर्ता गराइएको अविश्वासको प्रस्तावमा गरेको समर्थन सोमबार फिर्ता लिएको सांसद बुढाथोकीले एक संचार माध्यमलाई जानकारी दिनु भयो । पछिल्लो समयमा पार्टी एक हुनुपर्ने धारणा राख्दै आएका प्रदेश सांसदहरु नेकपाका वरिष्ठ नेता बामदेव गौतमको समेत समर्थनमा रहेका थिए ।

मेचीनगरका स्थानीय सांसद मैनाली र बुढाथोकी क्रमशःझापा क्षेत्र न १ (क) र (ख) बाट निर्वाचित सांसद हुन भने बिर्तामोड निवासी गजमेर समानुपातिक सांसद हुनुहुन्छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सी. एन. गौतम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।