१३ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

झापा लिग तथा नकआउट फूटबल : मेचीनगर र बुद्धशान्ति विजयी

सेयर:

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा मेचीनगर नगरपालिकाले भद्रपुर नगरपालिकालाई १- ० गोल अन्तरले हराउँदै जारी लिगमा महत्त्वपूर्ण तीन अङ्क प्राप्त गरेको छ।

आज भएको दोस्रो खेलमा मेचीनगरले भद्रपुर नगरपालिकालाई १–० गोल अन्तरले हरायो । मेचीनगरको तर्फबाट खेलको दोस्रो मिनेटमा अजय राजवंशीले गोल गरे ।खेलको प्लेयर अफ दि म्याच मेचीनगरका सिमान्त थापा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल, सौजन्यकर्ता झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राईले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

त्यस्तै आज भएको पहिलो खेलमा म्यान अफ द म्याच बनेका बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिकाले शानदार जित दर्ता गरेको छ ।
आज भएको खेलमा हल्दिबारी गाउँपालिकालाई ५–० गोल अन्तरले हराउँदै बुद्धशान्ति गाउँपालिका आफ्नो समूहमा सशक्त टिम बनेको हो । जारी लिगमा आजसम्म यो नै ठुलो गोल अन्तरको जित हो।
मङ्सिर ११ गतेको खेल
पहिलो:शिव सताक्षी गापा विरुद्द अर्जुन नपा
दोस्रो:झापा गापा विरुद्ध गौरादह नपा

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सी. एन. गौतम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।