६ मंसिर २०८३ ☀️ १७°C झापा / बिर्तामोड
🥇 सुन: रु. २,४५,४०० | 🥈 चाँदी: रु. ३,११० | 💵 डलर: रु. १३४.५०
🚨 ताजा अपडेट:

प्रेस चौतारीको उपचार कोषलाई एमाले उपाध्यक्ष ढुङगेलको सहयोग

सेयर:

भदौ १५, बिर्तामोड । प्रेस चौतारी नेपाल झापाद्वारा स्थापित पत्रकार उपचार सहयोग कोषलाई नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेलले सहयोग गर्नुभएको छ । एमाले उपाध्यक्ष ढुङगेलले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो ।

पत्रकार उपचार सहयोग कोषलाई सहयोग गर्ने यसअघि नै घोषणा गर्नुभएका ढुङगेलले आज सहयोग रकम प्रदान गर्नुभएको हो । उपाध्यक्ष ढुङगेलले प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सूचना तथा सञ्चार क्षेत्रका क्रियाशिल पत्रकारहरुको स्वास्थ्य उपचारका लागि स्थापित कोषमा सहयोग गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ । आफू पनि सामाजिक एवम् राजनीति जीवनमै क्रियाशिल रहेकोले कोषमा योगदान गरेको जानकारी दिनुभयो ।

पत्रकारहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा विभिन्न अवसर पारेर सहयोग गर्ने क्रम जारी रहेको छ । उपचार कोषलाई यो कार्यकालमा १५ लाख पुराउने योजना अनुसार काम भइरहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिनुभयो । कोषमा ७ लाख रुपैयाँ पुगेको छ । कोषको व्याजबाट उपचारमा सहयोग गर्ने कार्यविधि रहेको शिवाकोटीले जानकारी दिनुभएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

केचना न्युज

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।