१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

केपी ओली कप आगामी फागुन ११ गतेदेखि

सेयर:

काठमाडौँ। दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।प्रतियोगितामा भारत र भुटानका क्लब पनि खेल्ने भएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म काठाडौँमा आयोजना गर्न लागेको प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन लिगका क्लब र विदेशि क्लबहरु सहभागी हुने सङ्घका अध्यक्ष क्षितिज थेवेले जानकारी दिनुभयो । नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म च्यासल रंगशालामा हुनेछ ।

फाइनल खेल दशरथ रंगशालामा हुनेछ । यसअघि प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो । प्रतियोगिताको फाइनलबाहेक सबै खेल च्यासलस्थित एन्फाको मैदानमा हुनेछ  । फाइनल खेल भने दशरथ रंगशालमा हुने आयोजकले जनाएको छ । नेपालका ‘ए’ डिभिजन र विदेशी टोलीलाई प्रतियोगितामा सहभागी गराउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ११ लाख र दोस्रो टोलीले ५ लाख रुपियाँ पाउनेछन् । उत्कृष्ट खेलाडीले एक लाख रुपियाँ, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिने छ । हरेक खेलको ‘म्यान अफ दि म्याच’ले १५ हजार रुपियाँ प्राप्त गर्नेछन्  ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।