११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

दुई प्रदेशका व्यवसायीबीच पर्यटन प्रवर्द्धनमा जाेड

सेयर:

पाल्पा, १४ माघ | नेपाल एशाेसिएसन टुर एण्ड ट्राभल एजेण्ट नाटा प्रदेश नम्वर १ र लुम्बिनी प्रदेशकाे नेपाल एशाेसिएसन टुर एण्ड ट्राभल नाटा पाल्पा च्याप्टरबीच बुधबार अन्तरक्रिया भएकाे छ ।

अन्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन समिति प्रदेश नम्वर १ काे टाेलीसँग अन्तरक्रिया गर्दैं दुवै प्रदेशका पर्यटन र हाेटल व्यवसायीहरूले अाेरालाे लागेकाे व्यवसायलाई पुरानाे लयमा फर्काउन सहमति भएका छन् ।

समितिका संयाेजक भबिशकुमार श्रेष्ठले अब लुम्बिनी प्रदेशका अन्तरिक पर्यटकलाई १ नम्वर प्रदेशका धार्मिक एवम् अन्य पर्यटकियक्षेत्रमा भ्रमणकालागि पठाईदिन अाग्रह गर्नुभयाे । उहाँले अब हरेक व्यबसायीहरूलाई एकअापसमा मिलेर अघि बढ्न सुझाव दिनुभयाे ।

१ नम्वर प्रदेशमा धार्मिक,साँस्कृतिकलगायतका पर्यटकिय स्थल रहेकाले लुम्बिनी प्रदेशबासीलाई भ्रमणका लागि अाउन निम्ताे समेत दिनुभयाे ।

नाटा १ नम्वर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले अभियानका बारेमा जानकारी गराउनुभयाे । उहाँले लुम्बिनी प्रदेशका पर्यटकिय स्थलकाे प्रवर्द्धनमा नाटा १ नम्वर प्रदेशले साथ सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

नाटा पाल्पा च्याप्टरका अध्यक्ष प्रदिप उदयले पाल्पाकाे धार्मिक एवम् अन्य पर्टकिय स्थलका बारेमा जानकारी गराउनुभयाे । उहाँले पाल्पाकाे जनसंख्या, बसाेबास रहेका विभिन्न जातजातिकाे अवस्थाका बारेमा समेत टाेलीलाई जानकारी गराउदै नाटा पाल्पा च्याप्टर नाटा १ नम्वर प्रदेशसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेकाे बताउनुभयाे ।

कार्यक्रममा नेपाल हाेटल एशाेसिएसन हानका केन्द्रीय सदस्य राजन श्रेष्ठ, नाटा १ का उपाध्यक्ष ऋषि तिम्सिना, महासचिव नविन खरेल, सदस्य ज्ञानमणि नेपाल, गाेपालप्रसाद अाचार्य, हाेटल व्यवसायी संघ ईटहरीका अध्यक्ष जीवन पराजुली, हाेटल व्यवसायी प्रमेश श्रेष्ठ , पर्यटन व्यवसायी बासुदेव बराल,नेपाल पर्यटन बाेर्डका अधिकृत प्रेमप्रसाद भट्टराईलगायतले अा अाफ्नाे विचार राख्नुभएकाे थियाे ।उहाँहरूले काेभिडलगायत अन्य कारणले व्यवसाय धराशायी भएकै कारण धेरै व्यवसायी पलायन भएकाे दुःखेसाे व्यक्त गर्नुभयाे ।

पाल्पा च्याप्टरका पदाधिकारीले अब हरेक व्यवसायीहरू मिलेर पर्यटन प्रवर्द्धन गर्न अावश्यक रहेकाे बताउनुभयाे ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लक्ष्मी उप्रेती

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।