१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

जन–संसद् दैनिकको प्रधान सम्पादक पौडेल, सम्पादकमा रेग्मी नियुक्त

सेयर:

कार्यकारी सम्पादक निरौला,सह–सम्पादकमा धिताल,

मेचीनगर,माघ १५ । हाम्रो प्रकाशन समूह प्रालिद्वारा प्रकाशित जन–संसद् दैनिकको सम्पादन मण्डल नियुक्त गरिएको छ । प्रालिका अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा बुधबार बसेकोे बैठकले सम्पादकको जिम्मेवारीमा रहेका मुक्ति पौडेललाई प्रधान सम्पादकमा नियुक्त गरेको छ । पौडेल स्थापनाकालदेखि नै जन–संसद् दैनिकको विभिन्न जिम्मेवारीमा रहेर कार्य सम्पादन गर्दै आएका छन् ।

यस्तै, बैठकले पत्रिकाको सम्पादकमा झुलन रेग्मीलाई नियुक्त गरेको छ । रेग्मी विगत डेढ दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । झापाबाट प्रकाशित दैनिक पत्रिकाको सम्पादन मण्डलमा रहेर उनले कुशलतापूर्वक कार्य सम्पादन गर्दै आएका छन् ।
बैठकले पत्रिकाको सह–सम्पादकमा गिताराम धिताल (जिआर)लाई नियुक्त गरेको छ । रेडियो क्षेत्रबाट पत्रकारिता सुरु गरेका धिताल पछिल्लो पुस्ताका सक्रिय पत्रकारको रुपमा चिनिन्छन् ।

यस्तै, पत्रिकाको अनलाइन संस्करण जन–संसद् डटकमको कार्यकारी सम्पादकमा हेमन्त निरौलालाई जिम्मेवारी दिइएको छ । निरौला अनलाइन पत्रकारितासँगै लेखनमा दखल राख्छन् ।
प्रकाशन समूहका अध्यक्ष पाण्डेले जन–संसद् दैनिक र अनलाइन संस्करणलाई नयाँ ढंगबाट सञ्चालन गर्ने तयारी गरिएको बताए ।त्यसैगरी प्रकाशन समूहका उपाध्यक्ष कमल थापाले कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण प्रकाशनमा परेकोे असरलाई सहजता प्रदान गर्दै अघि बढ्ने बताए ।

डेढ दशकदेखि काँकरभिट्टाबाट प्रकाशित हुँदै आएको जन–संसद्लाई प्रदेश १ को चर्चित दैनिक पत्रिकाको रुपमा हेरिन्छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।