१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने स्टेशन कम हुँदा काममा ढिलासुस्ती : वडाध्यक्ष तामाङ

सेयर:

मेचीनगर,माघ १५ । मेचीनगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष ललित तामाङले राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने स्टेशन कम हुँदा काममा तीव्रता आउन नसकेको बताउनुभएको छ । ढिलासुस्ती र वडावासीहरुले भोग्नु परेको पीडाबारे जनगुनासो बढिरहदा वडाध्यक्षले मेरोमेचीनगर अनलाइनसँग यस्तो कुरा बताउनु भएको हो ।

उहाँले विवरण संकलनका फारम ,सामाग्री र कर्मचारीहरु जिल्लाबाट आएका र त्यसको समन्वय मात्र वडाले गरेको बताउनु भएको छ । आठ वटा स्टेशनबाट सेवा प्रवाह गर्ने योजना भए पनि कर्मचारी कम आईदिदा चार वटा स्टेशनबाट मात्र संकल गर्नुपरेकोले भीड देखिएको जानकारी दिनुभएको हो । मेचीनगर वडा नम्बर ६ मा जनघनत्व बढी भएको हिसाबले तोकिएको समयमा विवरण संकलन गर्न गाह्रो हुने र म्याद बढाउने बारेमा छलफल गर्न मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलाई समेत आग्रह गरेको वडाध्यक्ष तामाङले बताउनु भयो ।

पुस २६ गतेदेखि मेचीनगर -६ को काँकरभिट्टास्थित वडा कार्यालय भवन नजिकै रहेको टाउन हलमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुदै आएको छ भने अहिलेसम्म करीब ४ हजारको विवरण संकलन गरेको तथ्यांक रहेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सी. एन. गौतम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।