१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख परिवर्तन

सेयर:

१५ साउन, काठमाडौँ : सरकारले तीन वटा प्रदेश प्रमुखलाई फिर्ता बोलाउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेसँगै यसअघिका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय भएको छ । मन्त्रीपरिषद् बैठकले यसअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र निकट रहेका प्रमुखलाई हटाएर बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ ।

बागमती प्रदेश प्रमुखमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशी नियुक्त भएका हुन् । देवकोटा कैलालीका एमाले नेता हुन् भने जोशी कञ्चनपुरका काँग्रेस नेता हुन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।