१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

करिब ३० हजार अमेरिकी डलरसहित झापाबाट एकजना पक्राउ

सेयर:

२२८ मंसिर, काठमाडौं : झापामा करिब ३० हजार अमेरिकी डलरसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका-५ का २५ वर्षीय मोहम्मद नौसाद मिया छन् ।

उनको साथबाट २९ हजार ७ सय अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो करिब २ बजेको समयमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोले झापा कमल गाँउपालिका-३, मा रहेको पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने उक्त रकम बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दमकबाट बिर्तामोड तर्फ जादैं गरेको प्रदेश १-०२-००१ ख ९५३० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार मियाकोसँग स्रोत नखुलेको अमेरिकी डलर रहेको खुलेको थियो । प्रहरीले बरामद डलर आजको नेपाली दररेट अनुसार ४० लाख ३३ हजार ८५४ रुपैयाँ हुने जनाएको छ ।
अनलाइनखबर

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।