१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अरुणोदय म्याराथनको उपाधि अमन वाँतर र दिया वस्नेतलाई

सेयर:

३ फागुन, मेचीनगर : अरुणोदय आवासीय माध्यमिक विद्यालयद्वारा आयोजित अरुणोदय म्याराथनको उपाधि अमन वाँतर र दिया वस्नेतले जितेका छन् । शनिबार बिहान ७ः३० बजेबाट सुरु भएको ८ किलोमिटर लामो म्याराथन दौंडमा अरुणोदय आवासीय मा.वि.बाट मेचीनगर ७ सतिघटा सम्म र सतिघट्टाबाट अरुणोदय मा.वि सम्म सञ्चालन भएको थियो ।

प्रथम स्थान हासिल गर्न सफल अमन वाँतर
छात्रातर्फ प्रथम स्थान हासिल गर्न सफल दिया वस्नेत

म्याराथन दौडको छात्र तर्फको दौडमा कक्षा ७ मा अध्ययनरत छात्र अमन वाँतर प्रथम, कक्षा ८ मा अध्ययनरत छात्र अर्पण राई द्वितीय र कक्षा ८ मा अध्यययनरत छात्र मन्दिप भूजेल तृतीय बन्न सफल भएका छन् ।

दितीय स्थान हासिल गर्न सफल अर्पण राई
दितीय स्थान हासिल गर्न सफल छात्रा युनिका विश्वकर्मा

त्यसै गरी छात्रा तर्फ अरुणोदय आवसीय माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा दिया वस्नेत प्रथम, कक्षा ६ मा अध्ययनरत छात्रा युनिका विश्वकर्मा द्वितीय र कक्षा ७ मा अध्ययतरत छात्रा प्रेक्षा तामाङ्ग तृतीय भएका छन् ।

तृतीय स्थान हासिल गर्न सफल मन्दिप भूजेल
तृतीय स्थान हासिल गर्न सफल छात्रा प्रेक्षा तामाङ्ग

विद्यार्थीहरुको उत्साहवर्धक सहभागिता सहित कुल २३० जना छात्र/छात्राहरुले उक्त म्याराथुन दौडमा भाग लिएको विद्यालयका खेल शिक्षक कृष्ण राजवंशीले बताउनु भयो ।
विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र विद्यालयको वार्षिक खेलकुद तथा साँस्कृतिक कार्यक्रमको अवसरमा वितरण गरिने विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेलले बताउनु भयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।