११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मेचीनगरको प्रेस संयोजकमा अर्जुन कार्की

सेयर:

७ फागुन, झापा : मेचीनगर नगरपालिकाको प्रेस संयोजकमा पत्रकार अर्जुन कार्की नियुक्त भएका छन् ।
नगरपालिकाको मंगलबार सम्पन्न कार्यपालिकाको बैठकले मेचीनगर अनलाइन डटकमका सम्पादक कार्कीलाई प्रेस संयोजकको जिम्मेवारी दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले जानकारी दिनु भयो ।
यसअघि पत्रकार युवराज आचार्यले प्रेस संयोजकको जिम्मेवारी सम्हाल्दै आएका थिए । आचार्यले कार्य व्यस्तताको कारण जनाउँदै राजीनामा दिएपछि उनको स्थानमा कार्कीलाई जिम्मेवारी तोक्ने निर्णय भएको प्रवक्ता बरालले बताउनु भयो ।
विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील कार्की मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी हुन् । उनले जनसंसद् दैनिक, जनान्दोलन साप्ताहिक, लोकतन्त्र पोस्ट लगायतका सञ्चारमाध्यमहरुमा सम्पादकीय जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।