१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

खानेपानीमा काँग्रेसको वर्चश्व कायमै अध्यक्षमा हेमलाल विजयी

सेयर:

१७ चैत, बाहुनडाँगी – झापाको मेचीनगरमा रहेको बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा एकजना महिला सदस्य बाहेक बाकी सवै पदमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लिम्बुवान लोकतान्त्रिक मोर्चाको संयुक्त लोकतान्त्रिक प्यानलका अधिकांश उम्मेद्वार विजयी भएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को प्रगतिशील समूहतर्फका अध्यक्ष पदका उम्मेद्वार पासाङ्ग तामाङलाई ११७ मतले पछि पादैं संयुक्त लोकतान्त्रिक प्यानलका हेमलाल गुरागाईँ अध्यक्षमा विजयी भए । तामाङले ३१५ र गुरागाईँले ४३२ मत प्राप्त गरेको नेपाली काँग्रेसका जिल्ला नेता निरज घिमिरेले जानकारी दिए । नेकपा माओवादी केन्द्रका मेघराज खड्काले १८५ मत पाए । खड्का स्वतन्त्र उम्मेद्वारका रुपमा चुनावी प्रतिस्पर्धामा थिए ।

उपाध्यक्ष सागर कार्की

यसैगरी, उपाध्यक्षमा सागर कार्की विजयी भए । कार्कीले प्रगतिशील समूहतर्फका पुष्कर घिमिरेलाई ५५७ मतले पराजित गरेका थिए । विजयी कार्कीले ५८२ र घिमिरेले २२५ मत प्राप्त गरेका थिए । कार्की संयुक्त लोकतान्त्रिक प्यानलका तर्फबाट उम्मेद्वार थिए ।

यसैगरी सचिवमा स्वतन्त्र उम्मेद्वार राजन कार्की संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेद्वारसँग ३० मतको फरकमा पराजित बने । कार्कीले ३२५ मत प्राप्त गरी उपविजेता बन्दा लोकतान्त्रिक प्यानलका उम्मेद्वार सन्तोष सुबेदी ३५५ मतका साथ विजयी भए । नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) को प्रगतिशील समूहतर्फका सचिव पदका अर्का उम्मेद्वार गोपाल बराईलीले १५३ मत प्राप्त गरेका थिए ।

सचिव सन्तोष सुवेदी

सहसचिवमा राजन न्यौपाने ३९४ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी प्रगतिशील समूहका सुरेश घिमिरेले २८८ मत प्राप्त गरेका थिए । न्यौपाने र घिमिरेको मतान्तर १०६ रहेको छ ।

कोषाध्यक्षमा पूर्णिमा कट्टेल विजयी भईन् । संयुक्त लोकतान्त्रिक प्यानलकी कट्टेलले ३९४ मत प्राप्त गदैं विजयी बन्दा प्रगतिशील समूहकी पुष्पाकुमारी बिष्ट २४४ मत मतमा चित्त बुझाउनु परेको थियो ।

खुला महिला सदस्य राधा नेपाल ४९२ र उमा राउत ३३७ मत प्राप्त गदैं विजयी बने । नेपाल संयुक्त लोकतान्त्रिक प्यानल र राउत नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) को प्रगतिशील समूहतर्फकातर्फबाट उम्मेद्वार थिए । अन्य महिला सदस्य पदका उम्मेवार बिनु लिम्बुले २९२ र भगवती राईले १८४ मत प्राप्त गरे । राउतमात्र नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) को प्रगतिशील समूहतर्फबाट बिजयी बनिन् । संयुक्त लोकतान्त्रिक प्यानलका तर्फबाट विजयी भएका हुन् । पुरुषतर्फ खुला सदस्यमा युवराज पौडेल ३२९ र चन्द्रलाल ढुङ्गाना ३०५ मतका साथ विजयी भए । खुला पूरुषका अन्य उम्मेद्वार डम्बरबहादुर लिम्बेल मगरले १९९, रामकुमार दाहालले १२१, किशोरकुमार दुलालले १२१ र देउकुमार लिम्बुले २६० मत प्राप्त गरेका थिए ।

नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लिम्बुवान लोकतान्त्रिक मोर्चाले पद भागवण्डा गरी संयुक्त लोकतान्त्रिक प्यानलका तर्फबाट उम्मेद्वार अघि सारेका थिए । सचिव, सहसचिव तथा एकजना खुला महिला सदस्य राप्रपाको भागमा परेको थियो, एकजना महिला सदस्य लिम्बुवानको भागमा थियो । उनी पराजित भईन् । प्यानलका सवै उम्मेद्वार विजयी बन्दा लिम्बुवानको भागमा परेको पद गुमेका कारण प्यानलभित्रै यतिखेर खैलाबैला मच्चिएको छ ।

‘अरु सवैले जित्ने प्यानल खडा गरेर चुनावी मैदानमा जादा हाम्रो उम्मेद्वार चाँहि पराजित हुनुपर्ने ’ एकजना लिम्बुवान नेताको आक्रोश छ ।
कुल १३२७ मतदाता रहेको समितिमा १००९ मत खसेको निर्वाचन समिति संयोजक चन्द्रशेखर गुरागाईंले बताए । ९ पदका लागि २३ जना चुनावी मैदानमा थिए । शनिवार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम आइतबार विहन ३ बजे सार्वजनिक भएको नेता घिमिरेले बताए ।

यो निर्वाचन राजनीतिक दलका लागि प्रतिष्ठाको लडाई थियो । खानेपानीको साखलाई जोगाउने चुनौति नेपाली काँग्रेसलाई थियो भने, नेकपा एमाले बर्चश्व तोड्ने कसरतमा थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लक्ष्मी उप्रेती

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।