१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पत्रकार मनिषा पुरस्कृत, डाक्टर पोषण सम्मानित

सेयर:

धुलावारी , २७ माघ । यसवर्षको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार मनिषा चम्लागाईलाई प्रदान गरिएको छ । झापाको मेची उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार चम्लागाई कारोवार दैनिककी झापा समाचारदाता हुनुहुन्छ ।

नगद १५ हजार रुपैयाँ र सम्मान पत्रसहितको पुरस्कार तथा सम्मान दोसल्ला पहिर्याएर मंगलबार संघको १७ औं वार्षिक साधारणसभाको उद्घाटनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रदान गर्नुभएको थियो ।

आर्थिक पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै प्रदान गरिने उक्त पुरस्कार यसअघि गोविन्दचन्द्र क्षेत्री र राजु अधिकारीलाई प्रदान गरिएको थियो । कार्यक्रममा कोभिड महामारीका बेला बिरामीको निरन्तर सेवा पुर्याए वापत मेची आम्दा अस्पताल धुलाबारीका मेडिकल डाइरेक्टर डा.पोषणरमण त्रिपाठीलाई समेत कदरपत्र प्रदान गरिएको छ । डाक्टर त्रिपाठीलाई प्रमुख अतिथि एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले कदर पत्र प्रदान गर्नुभएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।