१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

साफ यू–२० महिला च्याम्पियनसिपका लागि ३० सदस्यीय नेपाली टोली घोषणा

सेयर:

काठमाडौँ, असार १: बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि ३० सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। टोलीका मुख्य प्रशिक्षक याम गुरुङले बन्द प्रशिक्षणको प्रारम्भिक छनोटमा परेका १० खेलाडीलाई बाहिर राख्दै दोस्रो चरणमा यो ३० सदस्यीय टोली बनाएका हुन्।

युवा टोली अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा बन्द प्रशिक्षणमा व्यस्त छ। साफ च्याम्पियनसिप जुन ११ देखि २२ (जेठ २९ देखि असार ७) सम्म बंगलादेशमा हुँदैछ।

घोषित ३० सदस्यीय महिला टोली:
घोषित ३० सदस्यीय महिला टोलीमा निम्न खेलाडीहरू समावेश छन्:

अनिसा राई, अस्मिता गुरुङ, वर्षा ओली, भावना परियार, विर्सना चौधरी, गंगा रोकाया, झुमा विश्वकर्मा, जुना तामाङ, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लिला चन्द, लिला जोशी, मनिषा सेन, माया मास्के, मिना देउवा, पूर्णिमा राई, पुनम चेम्जोङ, सजिना स्याङताङ, समीक्षा मगर, सानिमा माया लो, सरिता कुमारी नाथ, सेमिहाङग्मा लिम्बु पानढक, सेनु परियार, सिमरन राई, सिता रोकाया, सुजता तामाङ, सुक्रिया मिया, शु्शिला केसी र रुपा लिम्बु।

नेपाली टोलीले यस च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ। खेलाडीहरूको बन्द प्रशिक्षणले उनीहरूको प्रदर्शनमा थप निखार ल्याउने अपेक्षा गरिएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।