१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

काँकरभिट्टा मा .विद्वारा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न

सेयर:
मेचीनगर । काँकरभिट्टास्थित काँकरभिट्टा माध्यमिक विद्यालयले आज बिहीबार भव्य रुपमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुद्वारा कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुका निम्ति दिइएको उक्त स्वागत कार्यक्रम सम्पन्न भएको हो ।
सचिन तिम्सिनाको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेचीनगर नगरपालिका -६ का वडा अध्यक्ष ललितबहादुर तामाङ , विशिष्ट अतिथिहरुमा काँकरभिट्टा माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद निरौला , विद्यालय व्यवस्थापन समितिका सदस्य भूपाल शिवाकोटीको आतिथ्यता रहेको थियो ।
उक्त कर्यक्रममा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यालयको गुणस्तरीय शिक्षाको निरन्तर प्रगतिको लागि ललितबहादुर तामाङ, हरिप्रसाद न्याैपाने , टिकाराम पाैडेल, भुपाल शिवाकोटी र तुलसीप्रसाद निराैलाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सोहि कार्यक्रममा कक्षा १२ को परीक्षामा जिपिए ३ .४६ अंक प्राप्त गर्ने आयुष रिजाल र कक्षा ११ को परीक्षामा जिपिए ३.५२ अंक प्राप्त गर्ने सुजाता पनेरूलाई टिका, खादा तथा नगदले उत्कृष्ट विद्यार्थी सम्मान गरिएको थियो ।
उक्त स्वागत गरिएको कार्यक्रममा विद्यार्थीहरुद्वारा बिचबिचमा प्रस्तुत गरिएका गीत, नृत्य, गजल र कविताले कार्यक्रमलाई थप रोचक बनाएको थियो । उक्त कार्यक्रममा विद्यार्थीको तर्फबाट माया चाैहान र युवराज मगरले आफ्ना अनुभवहरु तथा स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन निशाना खतिवडाले गरेकाथिइन् ।
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सी. एन. गौतम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।