१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

रोट्रयाक्ट क्लव अफ विर्तामोड मिड–टाउनको बृक्षारोपण

सेयर:

७ साउन, भद्रपुर : रोट्रयाक्ट क्लव अफ विर्तामोड मिड–टाउनले आफ्नो ११औं चार्टर दिवस बिर्तामोड नगरपालिका वडा नं. ३ अन्तर्गत रहेको ऐतिहासिक एवम् पर्यटकीय स्थल बिराटपोखरी परिसरमा बृक्षारोपण गरी मनाएको छ ।
क्लवले मंगलबार पोखरी परिसरमा सितारा, बगनबेलीलगायतका विभिन्न जातका फूलका ५१ वटा बिरुवा रोपण तथा केक काटेर वातावरणमैत्री ढंगले चार्टर दिवस मनाएको हो ।

क्लवका चार्टर अध्यक्ष शरद जोशीको अध्यक्षतामा आयोजित बृक्षरोपण कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि विर्तामोड नगरपालिका, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीले गरेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव रोट्रयाक्टर सौम्य शर्माले गरेका थिए ।
सो अवसरमा बिराटपोखरी व्यवस्थापन समितिलाई क्लले धन्यवाद ज्ञापन गरेको थियो भने प्रमुख अतिथि बढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

रोट्रयाक्ट क्लव अफ विर्तामोड मिड–टाउन विगत ११ वर्षदेखि निरन्तर रूपमा सामाजिक सेवा, नेतृत्व विकास र वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील रहँदै आएको छ । क्लवले पछिल्ला वर्षमा विभिन्न परियोजना सञ्चालन गर्दै स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्य गर्दै आएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।