१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बुटवल–पाल्पा जोड्ने लुम्बिनी केबलकारको शिलान्यास

सेयर:

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलदेखि पाल्पाको तिनाउ बसन्तपुर जोड्ने लुम्बिनी केबलकार परियोजनाको शिलान्यास गर्नुभएको छ । केबलकारको स्टेशन रहने बुटवलको गोलपार्क बमघाटमा प्रधानमन्त्रीले परियोजनाको शिलान्यास गर्नुभएको हो ।
तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने पाल्पाको बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताउनुभयो ।

कोभिडले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस परियोजनाले सहयोग पुर्याओस् भन्ने आफ्नो शुभकामना रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुटवल–वसन्तपुर क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप आयोजना सुरु गरेको बताउनुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।