११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चैतदेखि राति साढे १२ बजेपछि उडान नगर्ने

सेयर:

काठमाडौँ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडानको संख्यामा अत्यधिक गिरावट आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले राति ३ बजेसम्म खुला राख्दै आएको सेवालाई अढाई घण्टा घटाउने भएको छ ।

अहिले अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि मध्यरात ३ बजेसम्म २१ घण्टा सञ्चालनमा छ । अन्तर्राष्ट्रिय उडान संख्या नबढेकाले विमानस्थल व्यवस्थापनले चैत १५ देखि विमानस्थल राति साढे १२ बजेपछि बन्द गर्ने निर्णय गरेको विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए । यससँगै मध्य राति काठमाडौंबाट दोहा, दुबई र जापानको नारिता उडान गर्ने क्रमशः कतार एयर, हिमालय एयरलाइन्स, एयर अरेबिया र नेपाल वायुसेवा निगमले आफ्ना रात्रिकालीन उडानको समय सार्नुपर्नेछ ।

कोरोना महामारीअघि दैनिक दुईतर्फी ८० हाराहारी उडान हुँदै आएकामा अहिले दैनिक ३० हाराहारी मात्रै अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । नेपालसहित १५ मुलुकका ३० वटा वायुसेवाले विभिन्न २१ वटा अन्तर्राष्ट्रिय गन्तव्यका लागि उडान अनुमति लिएका छन् । तर १४ वटा वायुसेवाले नियमित उडान थालिनसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए ।

थाइल्यान्डको थाई एयर, थाई लायन, हङकङको ड्रागन एयर, बंगलादेशको विमान बंगलादेश, मलेसियाको मालिन्दो र मलेसियन एयरले यात्रु अभावकै कारण नियमित उडान थालिसकेका छैनन् । भुटानका ड्र्युक एयर र भुटान एयरलाइन्स, चीनका एयर चाइना, चाइना इस्टर्न, सिचुवान एयरलाइन्स, तिब्बत एयरलाइन्स, भारतका इन्डिगो र भिस्ताराले पनि नियमित उडान सञ्चालन गरेका छैनन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।