१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मेचीनगर आधारभूत अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव

सेयर:

३० फागुन, मेचीनगर : झापाको मेचीनगर नगरपालिका १०—स्थित धुलावारीमा रहेको मेचीनगर आधारभूत अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव भएको छ । सुई अभाव भएपछि अस्पतालमा आउने बिरामी निजी क्लिनिकबाट महँगो शुल्क तिरेर सुई लगाउन बाध्य छन् । सरकारी स्वास्थ्य केन्द्रमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव हुँदा महँगो शुल्क तिरेर सुई लगाउनुपर्दा बिरामी मर्कामा छन् ।
चिकित्सकका अनुसार यो सुई आई डी र आई एम ‐ छाला र मासु )मा लगाईन्छ । पछिल्लो समय आई डी ‐छाला) मा लगाइन्छ । पहिलो दिनलाई शुन्य मानेर दुवै हातको पाखुरामा यो सुई लगाइन्छ । त्यसपछि तेस्रो र सातौँ दिनमा तीनपटक लगाईन्छ । रेबिज रोगविरुद्धको सुई आई एम ‐मासु )मा भने, पहिलो, तेस्रो, सातौँ, चौधौँ र २८ औँ दिन गरी जम्मा पाँचपटक लगाइन्छ ।
मेचीनगर आधारभूत अस्पतालमा तीन सय ५० रुपैयाँ बुझाउँदा तीन पटकको डोज उपलब्ध हुने मेचीनगर आधारभूत अस्पतालका स्वास्थ्यकर्मी लेलिन खतिवडाले बताए । सस्तो र सर्वसुलभ मुल्यमा उपलब्ध हुने सुई निजी क्लिनिकबाट प्रतिगोटा ६ सय ५० रुपैयाँका दरले खरीद गर्नुपर्दा बिरामी मर्कामा परेका हुन् । निजी स्वास्थ्य केन्द्रमा यो सुई पुरै डोज लगाउँदा दुई हजार रुपैयाँ तिर्नुपर्ने निजी स्वास्थ्य क्लिनिकका सञ्चालकहरुको भनाई छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गतको औषधि भण्डारबाट समयमै औषधि आपूर्ति नहुँदा अभाव भएको अस्पतालले जनाएको छ ।

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आपूर्ति केन्द्रबाट अस्पताललाई सुई आउने गरेको भएपनि झण्डै दुई साता अघिदेखि मेचीनगर आधारभुत अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव भएको स्वास्थ्यकर्मी खतिवडाले बताए । ‘केहि समयअघिसम्म सुई थियो’ खतिवडाले भने, ‘अस्पतालमा रेबिज सुईको अभाव हुनेबित्तिकै पत्राचार गरेका थियौँ तर पनि अहिलेसम्म उपलब्ध भएको छै्न । ’ मागअनुसारको आपूर्ति नहुँदाअस्पतालमा सुईको अभाव भएको हो ।
मेचीनगर आधारभुत अस्पतालमा दैनिक दुई तीनजनाजना बिरामी रेबिज रोगविरुद्धको सुई लगाउन आउने गरेको अस्पतालले जनाएको छ । उनीहरुलाई अस्पतालले सुईको अभाव देखाएर फर्काउने गरेको छ । अस्पतालमा झापाको मेचीनगर र आसपासका पालिकालगायतका क्षेत्रबाट पनि बिरामी रेबिज सुई लगाउन आउने भएकाले सुई अभाव भएको अस्पतालको भनाई छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।