१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

चौथो मेचीनगर स्काउट क्याम्प सम्पन्न, उत्कृष्ट स्काउट दलहरू पुरस्कृत

सेयर:

१ वैशाख, मेचीनगर : नेपाल स्काउट मेचीनगरको आयोजनामा सञ्चालित चौथो मेचीनगर स्काउट क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ। दुई रात तीन दिनसम्म सञ्चालन गरिएको क्याम्प २०८२ चैत २९ गतेदेखि २०८३ वैशाख १ गतेसम्म सञ्चालन भएको थियो।

समापन समारोह रीता थापाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मेचीनगर उपप्रमुख तथा स्थानीय परिषद् अध्यक्ष मीना पोखरेल उप्रेतीको उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले स्काउटिङ्गले बालबालिकामा अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक जीवनका लागि सक्षम बनाउने उल्लेख गर्दै आगामी दिनमा समेत निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

विशेष अतिथिका रूपमा हेमन्त भण्डारीले स्काउट आन्दोलनले युवाहरूलाई सकारात्मक मार्गतर्फ उन्मुख गराउँदै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलिरहेको धारणा राख्नुभयो। उहाँले स्काउटिङ्गलाई अझ सशक्त बनाउन सबै तहबाट सहकार्य आवश्यक रहेको बताउनुभयो।

त्यस्तै, नेशनल प्याब्सनका केन्द्रीय सचिव सञ्जिव राईले स्काउट गतिविधिले विद्यालय शिक्षासँगै व्यवहारिक ज्ञान र सीप विकासमा ठूलो योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।

मेचीनगर नगरपालिका शिक्षा शाखा प्रमुख एवं उपसचिव होमनाथ भण्डारीले शिक्षासँगै अतिरिक्त क्रियाकलापको महत्व औंल्याउँदै स्काउटिङ्गले विद्यार्थीलाई आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउने बताउनुभयो।

कार्यक्रममा कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवान, प्रदेश परिषद् सदस्य भगिरथ राई, स्थानीय परिषद् सदस्य दिपक बागदास र टिकेन्द्र ढकाल तथा काँकरभिट्टा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र निरौलालगायतको उपस्थिति रहेको थियो।

क्याम्पमा विभिन्न स्काउटर, रोभर/रेञ्जर स्काउट तथा स्काउट भाइबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो। समापन समारोहका अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने स्काउट दलहरूलाई पुरस्कार, ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो।

क्याम्पमार्फत स्काउटिङ्गका माध्यमबाट अनुशासन, नेतृत्व विकास, आत्मनिर्भरता तथा समूहगत कार्यशैली अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।