१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

म्यानमारमा प्रदर्शनकारीमाथि गोली, कम्तीमा १८ जनाको मृत्यु

सेयर:

१६ फागुन, काठमाडौं । म्यानमारमा सेनाले शासन हात लिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले म्यानमारको प्रदर्शनमाथिको यो सबैभन्दा ठूलो दमन भएको उल्लेख गरेको छ । म्यानमारको यंगुन, दबेई र मन्डालेमा पनि प्रदर्शनकारीहरु मारिएका छन्, त्यहाँ प्रहरीले गोली र अश्रुग्यास हानेको थियो ।

गत फेबु्रअरी १ मा सेनाले शासन हातमा लिएपछि गत एक हप्तादेखि प्रदर्शन हुँदै आएको थियो । तर शनिबारदेखि प्रहरीले बल प्रयोग गर्न थालेको छ । सामाजिक सञ्जालमा आएका भिडियोमा प्रहरीले गोली चलाएपछि प्रदर्शनकारीहरु भागेको दृश्य देखिन्छ ।

आइतबार यंगुन, मन्डाले र अन्य शहरमा सुरक्षाकर्मीको गोलीका बाबजुद ठूलो संख्यामा प्रदर्शनकारी सडकमा निस्किएका थिए । प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली, अश्रुग्यास र गोली नै चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।