यस वर्षको सुरुवातमा ह्वाट्सएपका लागि खासै राम्रो रहेन। यसको नीतिका कारण प्रयोगकर्ताहरु अन्य प्लाटफर्मतिर सरेका छन्। यस्तो अवस्थामा प्रयोगकर्ताको गोपनियतालाई थप सुरक्षित बनाउनका लगि कम्पनी कैयन् कदम चालिरहेको छ।
कम्पनीले च्याट ब्याकअपलाई सुरक्षित गर्ने योजना बनाएको छ, जसका लागि पासवर्ड फिचर ल्याइदैछ। यो पासवर्ड प्रयोगकर्ताहरुले बनाउनुपर्नेछ।
वास्तवमा, कम्पनीले पहिलेबाट नै च्याटको इन्क्रिप्सनको सुविधा दिइरहेको थियो र अब कम्पनीले ब्याकअपलाई पनि सुरक्षित बनाउन जाँदैछ। यो जानकारी ह्वाट्सएपको फिचर्सलाई ट्रयाक गर्ने वबसाइट वाबेटाइन्फोले दिएको हो।
ह्वाट्सयएप च्याटले ल्याउनेछ ब्याकअप
ह्वाट्सएप मेसेंजिग च्याटको ब्याकअप क्लाउडमा सेभ हुने गर्दछ र यो इन्क्रिप्टेड मोडमा हुन्छ। याे अवस्थामा यसको सुरक्षाको ग्यारेण्टी हुनेछैन र यदि प्रयोगकर्ताले चाहेमा त्यो ह्याक हुनसक्छ। तर अब ह्वाट्सएपले च्याट ब्याकअप ल्याउन गइरहेको छ। पासवर्डपछि च्याटिंगको ब्याकअप पनि इन्क्रिप्सन मोडमा नै समावेश हुनेछ।
सबै प्रयोगकर्ताका लागि हुनेछ यो फिचर
वाबेटाइन्फाेका अनुसार यस फिचरलाई एन्ड्रोइड र आईओएस दुबै प्रयोगकर्ताहरुका लागि सार्वजनिक गरिनेछ। च्याट ब्याकअपलाई एक्सेस गर्नका लागि पासवर्डको आवश्यकता पर्नेछ। यस पासवर्डलाई प्रयोगकर्ताहरुले सधै स्मरणमा राखिरहन आफ्नो सुविधा अनुसार बनाउन सक्नेछन्। सो पासवर्ड कम्तिमा ८ क्यारेकटरको हुनपर्ने नियम रहेको छ।
डेस्कटपमा इन्टरनेट बिना पनि हुनेछ भ्वाइस र भिडियो कल
केहि समय पहिले ह्वाट्सएपले डेस्कटप भर्जनमा भ्वाइस र भिडियो कलको फिचर थपेको थियो। जसमार्फत ल्यापटप वा डेस्कटपमा पनि वान टू वान कल गर्न सकिने व्यवस्था रहेको छ। सोहि सुविधामा केहि दिन अघि मात्र अर्को एक सुविधा पनि ह्वाट्सएपले थप गरेको छ। जस अनुसार डेस्कटप वा ल्यापटपमा इन्टरनेट नजोडिएपनि सो डेस्कटप कलमा कुनै समस्या हुनेछैन। फ्यूचर अपडेट्समा मल्टी डिभाइस सपोर्ट आएपछि हरकोहिले इन्टरनेट नभएतापनि कल वा मेसेज गर्न सक्नेछन्। प्रयोगकर्ताको च्याट जस्तै यस्ता भिडियो वा भ्वाइस कल पनि इण्ड टु इण्ड इन्क्रिप्टेड हुनेछन्।
