१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सहकारीको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

सेयर:

काँकरभिट्टा, १३ चैत | मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्था मेचीनगरको १३ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत चयन भएका नेतृत्वहरुको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

संस्थाका सल्लाहकार समिति सदस्य एवम् निवर्तमान उपाध्यक्ष गणेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

साधारणसभाको बन्द सत्रले आगामी चारवर्षे कार्यकालका लागि संस्थाको अध्यक्षमा पुनः भगिरथ राईको नेतृत्वमा सवैपदमा पदाधिकारी सर्वसम्मत चयन गरेको थियो । संस्थाको उपाध्यक्षमा राजकुमार पराजुली तथा सदस्यहरुमा देवीप्रसाद उप्रेती, गणेशबहादुर बस्नेत, रीता थापा, लक्ष्मी श्रेष्ठ, डिल्लीकुमार काफ्ले, गोपालप्रसाद शिवाकोटी, खडानन्द भण्डारी, मीनाकुमारी कट्वाल र नारायण ढुङ्गाना सर्वसम्मत चयन हुनुभएको थियो ।

बन्दसत्रले दुर्गाबहादुर लुईटेलको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको थियो । समितिको सदस्यहरुमा देवेन्द्रकुमार खरेल र ओमप्रकाश दुलाल चयन हुनुभएको थियो । उहाँहरु सवैलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

संस्थाको सभाकक्षमा आयोजित पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक तुलसीप्रसाद निरौलाले कार्यक्रमको अध्यक्षता गदैं पदाधिकारीहरुलाई पद तथा गोपनियता सपथ गराउनुभएको थियो ।

निर्वाचन समितिका सदस्य दीपकप्रसाद पोखरेलले सञ्चालन गरेको कार्यक्रममा प्रतिवद्घता मन्तव्य राख्दैं नव निर्वाचित अध्यक्ष राईले समितिको भावी योजनाका बारेमा चर्चा गर्नुभयो ।

उहाँले आगामी आर्थिक वर्षदेखि आफ्नै उत्पादनमा जोड दिने र नाम अनुसारको काम गर्न व्रोइलर र लेयर जातको कुखुरा पालन गर्ने तयारीमा लाग्ने बताउनुभयो । फ्रेस हाउस सञ्चालन तथा बजारमा आफ्नै उत्पादन बजारमा ल्याउन र आफ्नै भवन निर्माण प्रक्रिया शुरु गर्ने उहाँको भनाई थियो । भवन निर्माण, कुखुरा पालन तथा फ्रेस हाउस सञ्चालन, सवारी साधन खरिद, सदस्य राहत तथा हित कार्यक्रम २०७७, शेयर बृद्घि राहत योजना, सदस्य बिमा कार्यक्रमलगायतका विषयलाई साधारणसभाको वार्षिक प्रतिवेदनमा समेटिएको थियो ।

कार्यक्रममा निर्वाचन समितिका सदस्य दीपेन्द्र कार्कीले सहकारीले रकम संकलन र बचत गर्ने मात्र नभई सम्बन्धित लक्ष्य खोजेर उत्पादनको क्षेत्रमा आफ्ना सदस्यलाई लगाउन जोड दिनुभयो । उहाँले नाम अनुसारको काम गर्न सहकारीलाई सुझाव समेत दिनुभयो । सहकारीहरु उत्पादनमुखी बन्नुपर्ने र उनीहरुले आफ्ना सदस्यहरुलाई स्वलम्वी बनाउनुपर्नेमा उहाँको जोड थियो । सरकारले सहकारीलाई समेत देशको अर्थतन्त्रको तीनखम्बे नीतिमा राखेकाले सरकारी, सहकारी र निजीक्षेत्र एक आपसमा प्रतिस्पर्धी नभई परिपुरक र सहयोगी भएर अघि बढ्न उनीहरुले सुझाँव दिदैं मेचीनगरको अव्यवस्थित मासु पसल र बधशालालाई व्यवस्थित बनाउन आग्रह गदैं हरेक उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीलगायतको उपस्थिती थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।