१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाल टेलिकम नेपाल प्रिमियर लिगको अफिसियल पार्टनर

त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलको तेस्रो सिजनका लागि टेलिकम र क्यानबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।

सेयर:

त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलको तेस्रो सिजनका लागि टेलिकम र क्यानबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।

📌 मुख्य बुँदाहरू:

  • नेपाल टेलिकम नेपाल प्रिमियर लिग (एनपीएल) को अफिसियल पार्टनर बनेको छ।
  • एनपीएलको तेस्रो सिजन आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुनेछ।
  • टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र क्यानका महाप्रबन्धक उत्सव ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल टेलिकम नेपाल प्रिमियर लिग (एनपीएल) को अफिसियल पार्टनर बनेको छ। आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने एनपीएलको तेस्रो सिजनका लागि यो सहकार्य तय भएको हो।

टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल क्रिकेट संघ (क्यान) को तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यो सहकार्यले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

खेलकुद प्रवर्द्धन र संस्थागत उत्तरदायित्व

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलदेखि नै सहयोग गर्दै आएको स्मरण गरे। उनले यस सहकार्यले कम्पनीको ब्राण्ड इमेज बढाउन मात्र नभई नेपालमा क्रिकेट खेललाई संस्थागत रूपमा थप प्रवर्द्धन गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै, नेपाल क्रिकेट संघका महाप्रबन्धक उत्सव ढुंगानाले नेपाल टेलिकमजस्तो प्रतिष्ठित ब्राण्डसँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै यसले नेपाली क्रिकेटलाई अझ अगाडि बढाउन र खेलाडीको जीवनस्तरमा परिवर्तन ल्याउन योगदान पुग्ने अपेक्षा गरे। कम्पनीका प्रवक्ता डा. कमल लामिछानेले नेपाली खेलकुद क्षेत्रको संवर्द्धन एवम् प्रवर्द्धन गर्ने नेपाल सरकारको नीतिलाई यस सहकार्यले थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।