१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

फ्रेण्डशिप समूहकाे अध्यक्षमा बाेधराज निर्वाचित

सेयर:

मेचीनगर | झापा मेचीनगरको फ्रेण्डशिप समूहको मिति २०७७ साल भदौं २७ गते शनिबार सम्पन्न ८ आठौं वार्षिक साधारणसभाले २ वर्षे कार्यकालको लागि बोधराज निरौला(सुबोध) लाई निर्वाचित गरेको छ ।

शनिवार सम्पन्न साधारणसभाले सचिवमा लिलाराज कुँवर(राजु) र सचिवालयमा दुर्गाबहादुर लुइटेललाई सर्वसम्मत चुनेको छ भने सदस्यहरुमा रीता थापा, पारस ओली, राधिका अधिकारी, लक्ष्मी श्रेष्ठ, सुदास तामाङ्ग, कृष्णमाया उप्रेती, भगिरथ राई र जि.आर. धिताललाई सर्वसम्मत चयन गरेको छ ।

समूहका अध्यक्ष भगिरथ राईले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिवालय सदस्य दुर्गाबहादुर लुइटेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

अध्यक्ष भगिरथ राईको अध्यक्षतामा काँकरभिट्टा स्थित एकान्तकुना फेमेली रेष्टुरेन्टमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य लक्ष्मी श्रेष्ठले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव लिलाराज कुँवर(राजु) ले गर्नु भएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।