११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

तिहारका लागि भित्रियो ४५ करोडको झिलिमिली बत्ती, मूल्य २५ प्रतिशतले बढ्यो

डलरको भाउमा भएको वृद्धि र आयातित ढुवानी खर्च बढेका कारण यस वर्ष सजावटका बत्तीहरूको मूल्यमा २५ प्रतिशतले वृद्धि भएको व्यवसायीहरूले बताएका छन्।

सेयर:

डलरको भाउमा भएको वृद्धि र आयातित ढुवानी खर्च बढेका कारण यस वर्ष सजावटका बत्तीहरूको मूल्यमा २५ प्रतिशतले वृद्धि भएको व्यवसायीहरूले बताएका छन्।

📌 मुख्य बुँदाहरू:

  • यस वर्षको तिहारका लागि व्यवसायीहरूले करिब ४५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती नेपाल भित्र्याएका छन्।
  • डलरको महँगो भाउ, ढुवानी खर्चमा भएको वृद्धि तथा गुणस्तरमा सुधारका कारण बत्तीको मूल्य २५ प्रतिशतले बढेको छ।
  • गत वर्ष करिब २५ करोड रुपैयाँको मात्र बत्ती आयात भएकोमा यसपालि परिमाण घटे पनि लगानी बढेको छ।

तिहार नजिकिँदै गर्दा नेपाली बजारमा सजावटका लागि प्रयोग हुने झिलिमिली बत्तीहरूको आयात बढेको छ। यस वर्षको तिहारलाई लक्षित गर्दै व्यवसायीहरूले करिब ४५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती नेपाल भित्र्याएका छन्। विगतका वर्षहरूको तुलनामा बजारमा यस पटक गुणस्तरीय सामग्रीहरू भित्रिएको व्यवसायीहरूको भनाइ छ।

व्यवसायीहरूका अनुसार यस वर्ष झिलिमिली बत्तीको मूल्य औसतमा २५ प्रतिशतले महँगिएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं नेपाल लाइट सेन्टरका सञ्चालक रेशम देवकोटाले अमेरिकी डलरको भाउमा भएको वृद्धि र आयातका लागि ढुवानीमा धेरै रकम खर्च भएका कारण बत्तीको मूल्य बढेको जानकारी दिए। उनका अनुसार यस वर्ष विगतको तुलनामा अझ राम्रो र गुणस्तरीय बत्तीहरू आयात गरिएको छ।

आयातित मूल्य बढे पनि बजारमा माग भने सुस्त

गत वर्ष विभिन्न असहजताका कारण झिलिमिली बत्तीको आयात करिब २५ करोड रुपैयाँमा सीमित भएको थियो भने परार ४० करोड रुपैयाँभन्दा बढीको बत्ती भित्रिएको थियो। यस वर्ष लगानीको आकार बढेर ४५ करोड रुपैयाँ हाराहारी पुगे पनि समग्र परिमाण भने घटेको व्यवसायीहरूको भनाइ छ।

महासंघका महासचिव शंकर देवकोटाले उपभोक्ताहरूले पुरानै झिलिमिली बत्तीहरू प्रयोग गर्ने भएकाले बजारमा बत्ती खरिदका लागि अत्यधिक भिडभाड वा तँछाडमछाड नभएको बताएका छन्। होलसेल व्यापारीहरूले हाल बजारमा धमाधम बत्तीहरू पठाइरहे पनि माग भने अघिल्ला वर्षहरूको तुलनामा केही घटेको सुन्धारास्थित ओम श्री बालाजीका सञ्चालक सुदर्शन प्रसाद पौडेलले जानकारी दिएका छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।