११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मकवानपुर ईभी दुर्घटनाः चालकको थकान र अपर्याप्त आराम मुख्य कारण

काठमाडौंबाट सर्लाही जाँदै गरेको विद्युतीय गाडी दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए।

सेयर:

काठमाडौंबाट सर्लाही जाँदै गरेको विद्युतीय गाडी दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए।

📌 मुख्य बुँदाहरू:

  • गत कात्तिक २६ गते मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटना चालकको थकान र अपर्याप्त आरामका कारण भएको छानबिन प्रतिवेदनले निष्कर्ष निकालेको छ।
  • सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएको छ।
  • दुर्घटनाग्रस्त गाडीमा क्षमताभन्दा बढी यात्रु सवार रहेको र चालकले पर्याप्त आराम नपाएको अनुसन्धानबाट खुलेको छ।

गत कात्तिक २६ गते मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटना चालकको थकान र एकाग्रतामा आएको कमीका कारण भएको आधिकारिक छानबिन प्रतिवेदनले निष्कर्ष निकालेको छ। काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी सडकबाट ५ सयदेखि ५ सय ५० भन्दा बढी तल खस्दा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए।

घटनापश्चात मकवानपुर जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा एक विशेष छानबिन समिति गठन गरेको थियो। उक्त समितिले आफ्नो अध्ययन पूरा गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनमा दुर्घटनाको सम्भावित प्रमुख कारण चालकको अत्यधिक थकान र अपर्याप्त आरामलाई पहिलो नम्बरमा राखिएको छ।

चालकको व्यस्त तालिका र आरामको अभाव

प्रतिवेदनमा उल्लेख भए अनुसार दुर्घटनाका दिन चालकले राति २ बजे काठमाडौंबाट यात्रा सुरु गरेका थिए भने पौने ६ बजे दुर्घटना भएको थियो। सवारी धनीले दिएको बयान र यात्रा विवरण अनुसार चालकले अघिल्लो दिनहरूमा पनि लगातार लामो दूरीको सवारी चलाएका थिए। २४ कात्तिकको बिहान ५ बजे काठमाडौंबाट हिँडेका चालक मलंगवा पुगेर सोही दिन साँझ ७ बजे पुनस् काठमाडौं फर्किएका थिए र राति २ बजे नै पुनः यात्रामा निस्किएका थिए। यसरी पर्याप्त विश्रामविना लगातार सवारी चलाउँदा चालकको शारीरिक तथा मानसिक अवस्था कमजोर भई नियन्त्रण गुमेको प्रतिवेदनमा औँल्याइएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।