१२ मंसिर २०८३ ☀️ २३°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

त्रिविद्वारा एलएलएम तहको प्रवेश परीक्षा फाराम खुला

शैक्षिक सत्र २०८३/०८४ का लागि कानुनमा स्नातकोत्तर तहमा भर्ना हुन इच्छुक विद्यार्थीहरूका लागि आवेदन आह्वान गरिएको छ।

सेयर:

शैक्षिक सत्र २०८३/०८४ का लागि कानुनमा स्नातकोत्तर तहमा भर्ना हुन इच्छुक विद्यार्थीहरूका लागि आवेदन आह्वान गरिएको छ।

📌 मुख्य बुँदाहरू:

  • त्रिभुवन विश्वविद्यालय कानुन संकाय डीनको कार्यालयद्वारा एलएलएम तहको प्रवेश परीक्षा फाराम खुला गरिएको छ।
  • आवेदन प्रक्रिया मिति २०८३ मंसिर १० गते बिहीबारदेखि अनलाइनमार्फत सुरु हुनेछ।
  • नेपाल ल क्याम्पस, पृथ्वीनारायण क्याम्पस र नेशनल ल कलेजमा विभिन्न सिफ्टमा पठनपाठन हुनेछ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, कानुन संकाय डीनको कार्यालयले शैक्षिक सत्र २०८३/०८४ का लागि कानुनमा स्नातकोत्तर तह अर्थात् एलएलएमको प्रवेश परीक्षा फाराम खुला गरेको छ। संकायअन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा एलएलएम प्रथम सेमेस्टरमा नयाँ विद्यार्थी भर्ना प्रयोजनका लागि सूचना जारी गर्दै आवेदन आह्वान गरिएको हो।

डीनको कार्यालयका अनुसार प्रथम सेमेस्टरमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले मिति २०८३ मंसिर १० गते बिहीबारदेखि अनलाइनमार्फत प्रवेश परीक्षाको फाराम भर्न सक्नेछन्। तोकिएको समयसीमाभित्र निर्धारित प्रक्रिया पूरा गरेर आवेदन दिन विद्यार्थीहरूलाई आग्रह गरिएको छ।

अध्ययन हुने क्याम्पस र समूहहरू

यो कार्यक्रम त्रि.वि.को आङ्गिक क्याम्पस नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गमा चार सेमेस्टर दिवा समूह तथा छ सेमेस्टर बिहानी समूहमा अध्यापन हुनेछ। त्यसैगरी पोखरास्थित आङ्गिक क्याम्पस पृथ्वीनारायण क्याम्पसमा छ सेमेस्टर बिहानी समूह र सानेपा, ललितपुरमा रहेको सम्बन्धनप्राप्त नेशनल ल कलेजमा चार सेमेस्टर दिवा समूहका लागि प्रवेश परीक्षा फाराम खुलाइएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।