११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पाकिस्तानको पहिलो नेटफ्लिक्स सिरिज ‘जो बचे हैं संग समेट लो’ रिलिज मिति तय, भारतमा उठ्यो प्रतिबन्धको माग

विश्वका १९१ देशमा एकसाथ आउने तयारीमा रहेको यो सिरिजलाई लिएर भारतमा प्रदर्शन रोक्न आवाज उठेको छ भने यसमा तीन पुस्ताका प्रेमकथा समेटिएको छ।

सेयर:

विश्वका १९१ देशमा एकसाथ आउने तयारीमा रहेको यो सिरिजलाई लिएर भारतमा प्रदर्शन रोक्न आवाज उठेको छ भने यसमा तीन पुस्ताका प्रेमकथा समेटिएको छ।

📌 मुख्य बुँदाहरू:

  • पाकिस्तानको पहिलो नेटफ्लिक्स ओरिजिनल सिरिज ‘जो बचे हैं संग समेट लो’ आगामी डिसेम्बर ४ मा रिलिज हुँदैछ।
  • विश्वका १९१ देशमा एकसाथ प्रदर्शन हुने तयारी भइरहँदा भारतमा भने यो सिरिजमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ।
  • चर्चित उपन्यासकार फरहत इश्तियाकको सन् २०१३ को उपन्यासमा आधारित यस सिरिजमा अहद रजा मिर र इकरा अजीज मुख्य भूमिकामा रहेका छन्।

पाकिस्तानको मनोरञ्जन उद्योगका लागि एउटा ठूलो अवसर मानिएको बहुप्रतिक्षित सिरिज विश्वव्यापी दर्शकमाझ पुग्ने तयारीमा रहेको छ। पाकिस्तानको पहिलो नेटफ्लिक्स ओरिजिनल सिरिजका रूपमा चर्चामा रहेको ‘जो बचे हैं संग समेट लो’ आगामी डिसेम्बर ४ मा रिलिज हुने भएको छ। एमडी फिल्म्सको ब्यानरमा निर्माण भएको यस सिरिजले रिलिज हुनुअघि नै अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कारणले चर्चा बटुलिरहेको छ।

सिरिज विश्वका १९१ देशमा एकसाथ प्रदर्शन गर्ने तयारी भइरहँदा छिमेकी देश भारतमा भने यसको प्रदर्शन रोक्नुपर्ने माग उठेको छ। सिरिज रिलिज हुनुअघि नै भारतमा सुरु भएको यो विवादले यसको अन्तर्राष्ट्रिय प्रदर्शनलाई थप चर्चामा ल्याएको छ। यद्यपि, निर्माण पक्षले भने तोकिएकै मितिमा सिरिज विश्वव्यापी रूपमा रिलिज हुने तयारी गरिरहेको जनाएको छ।

कथावस्तु र मुख्य पात्रहरू

चर्चित पाकिस्तानी उपन्यासकार फरहत इश्तियाकले सन् २०१३ मा लेखेकोे यही नामको उपन्यासमा आधारित भएर यो सिरिज तयार पारिएको हो। सिरिजको निर्माण तथा निर्देशन मोमिना दुरैदले गरेकी छन्। सुरुवातमा पाँच एपिसोड सार्वजनिक हुने बताइएको यो सिरिजको कुल संख्या १३ एपिसोडसम्म पुग्ने सम्भावना रहेको छ। यसको कथा तीन पुस्ता र उनीहरूको जीवनमा जोडिएका छ वटा प्रेमकथाको वरिपरि घुम्छ।

सिकन्दर र लिसाको प्रेम कहानी

‘जो बचे हैं संग समेट लो’ को मुख्य कथा सिकन्दर र लिसाको वरिपरि केन्द्रित छ। सिकन्दरको भूमिकामा अभिनेता अहद रजा मिर र लिसाको भूमिकामा अभिनेत्री इकरा अजीज देखिएका छन्। कथा अनुसार सिकन्दर हार्वर्ड विश्वविद्यालयमा कानुनको अध्ययन गरिरहेका हुन्छन्। तर, आफ्नो अतीतका विभिन्न घटनाका कारण मानसिक रूपमा असहज भएपछि उनी इटालीको रोम पुग्छन्। त्यहीँ उनको भेट चित्रकार लिसासँग हुन्छ। लिसाको जीवन पनि आफ्नै किसिमका उल्झन र अतीतसँग जोडिएको छ। रोममा यी दुईको भेट भएपश्चात उनीहरूको जीवनले एक अप्रत्यक्ष र नयाँ मोड लिने कथा यस सिरिजमा प्रस्तुत गरिएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।