११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

गोश्वारा हुलाकका नासुविरुद्ध २० हजार घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर

विदेशमा पार्सल पठाउने सेवाग्राहीसँग बार्गेनिङ गरी घुस लिएको पुष्टि भएपछि अख्तियारले थाल्यो कानूनी कारबाही

सेयर:

विदेशमा पार्सल पठाउने सेवाग्राहीसँग बार्गेनिङ गरी घुस लिएको पुष्टि भएपछि अख्तियारले थाल्यो कानूनी कारबाही

📌 मुख्य बुँदाहरू:

  • गोश्वारा हुलाक कार्यालयको पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छबि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई नियन्त्रणमा लिएको थियो।
  • आयोगले रिजालमाथि भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ।

विदेशमा सामान कुरियरमार्फत पठाउँदा सेवाग्राहीसँग बार्गेनिङ गरी २० हजार रुपैयाँ घुस लिएको आरोपमा गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छबि प्रसाद रिजालसमेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा आयोगको टङ्गालबाट खटिएको टोलीले रिजाललाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धान र कानूनी कारबाही

आयोगका अनुसार अनुसन्धानका क्रममा रिजालले पद तथा ओहदाको दुरुपयोग गरी बदनियत राखी आपसी मिलेमतो र योजनामा सेवाग्राहीको सामान गोश्वारा हुलाक कार्यालयमार्फत कुरियर गरी विदेश पठाउन विभिन्न बहाना बनाई बार्गेनिङ गरेर घुस लिएको पुष्टि भएको छ।

आयोगका सहायक प्रवक्ता पर्वत गिरीले रिजालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकाले सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको जानकारी दिएका छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।