१२ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

चितवनमा भित्रिए पाहुना चरा, जाडो छल्न साइबेरियादेखि आए आगन्तुक

चिसो बढेसँगै आहाराको खोजीमा हिमाली क्षेत्र तथा विदेशबाट चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुना चरा आउन थालेका छन्।

सेयर:

चिसो बढेसँगै आहाराको खोजीमा हिमाली क्षेत्र तथा विदेशबाट चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुना चरा आउन थालेका छन्।

📌 मुख्य बुँदाहरू:

  • चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा जाडो छल्न साइबेरिया, मलेसिया, चीन लगायतका देशबाट पाहुना चराहरू आउन थालेका छन्।
  • नारायणी, राप्ती नदी र रिउ खोला तथा तालतलैयामा १२ देखि १५ प्रजातिभन्दा बढी हाँस प्रजातिका चरा देखिन थालेका छन्।
  • उत्तरी गोलार्धमा दिन छोटो र रात लामो हुने तथा आहाराको कमी हुने भएकाले चराहरू ५ देखि ७ हजार किलोमिटर टाढाबाट दक्षिणतर्फ आउने गर्दछन्।

जाडोयाम सुरु भएसँगै आहाराको खोजी र चिसो छल्न हिमाली क्षेत्र तथा विदेशबाट पाहुना चराहरू नेपालका तराई तथा विभिन्न क्षेत्रमा झर्न थालेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र त्यस आसपासका नदी किनार तथा तालतलैयाहरूमा स्वदेशी तथा विदेशी आगन्तुक चराहरूको चहलपहल बढ्न थालेको छ।

पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक बासु बिडारीका अनुसार साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान र चीन लगायतका देशबाट ५ हजारदेखि ७ हजार किलोमिटरसम्मको दूरी पार गरेर चराहरू नेपाल आउने गरेका छन्। नेपाल बाहिरबाट आएका १२ देखि १५ प्रजातिभन्दा बढी हाँस प्रजातिका चराहरू नारायणी, राप्ती नदी र रिउ खोलामा देखिन थालिसकेका छन्। अहिले केही चराहरू आइसकेका र केही आउने क्रममा रहेको उनले बताए। नेपालकै पहाडी क्षेत्रबाट समेत चिसो छल्न चराहरू चितवन आउने गरेका छन्।

कुन-कुन प्रजाति आउँछन् र बासस्थानको अवस्था?

नेपालमा सामान्यतया १२० देखि १८० प्रजातिसम्मका चराहरू आगन्तुकका रूपमा भित्रिने गरेका छन्। हालसम्म एक सयभन्दा बढी प्रजाति आइसकेको पक्षीविद् बिडारीले जानकारी दिए। नेपाल आउने चराहरूमा हाँस प्रजातिका चखेवा, सुइरोपुच्छ्रे, मालक, खडखडे, बिजुला र गैरीजस्ता प्रजाति रहेका छन्। यसबाहेक बाज, चिल तथा सुडसुडिया प्रजातिअन्तर्गत वनमा आश्रित चाचर, चुइया र भारद्वाजजस्ता चराहरू पनि पाहुनाका रूपमा आउने गरेका छन्।

विशेषगरी सिमसार क्षेत्र, घाँसेमैदान, वन तथा खेतबारीमा बस्ने चराहरू यी क्षेत्रमा आश्रय लिने गर्दछन्। नेपालमा हाल कुल ९०४ प्रजातिको चरा पाइने गरेकामा एक्लै चितवनमा मात्रै ६५२ प्रजातिका चराहरूको अभिलेख राखिएको छ। चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र यहाँका नदीनालाहरू जलपक्षी तथा आगन्तुक चराका लागि अत्यन्तै उपयुक्त बासस्थान मानिन्छन्।

चरा आगमनको वैज्ञानिक कारण र बसाइ

पृथ्वीको उत्तरी गोलार्धमा जाडोयाममा दिन छोटो र रात लामो हुने भएकाले चराहरूलाई पर्याप्त मात्रामा आहार खोज्न समय पुग्दैन। सोही कारणले गर्दा उत्तरबाट दक्षिणतर्फ अनुकूल हावापानी र भोजनको खोजीमा यी पक्षीहरू बसाइ सर्ने गर्दछन्। यहाँ आएका पाहुना चराहरू करिब छ महिनासम्म बसेपछि बच्चा कोरल्ने समयमा पुनः दक्षिणबाट उत्तरतर्फ नै फर्किने गर्छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।