झापा, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाउनुभएको छ । आइतबार बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्र प्रधानमन्त्री ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताउनुभएको छ ।
‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट वञ्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ भएका टिप्पणी प्रधानमन्त्री ओलीले गर्नुभयो ।
उहाँले सार्वभौमसत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो ।जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागिपरेको प्रधानमन्त्री ओलीले दावी गर्नुभयो । तर जनताले भोटलाई केही कुरासँग पनि नसाट्ने भन्दै उहाँले भन्नुभयो । ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्न खोजिएको छ । यो अभियानका पछाडि दूषित उद्देश्यका ब्लाकमेलरहरु छन् । जनता यसबाट अलमलिनुहुँदैन ।’

