१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

वरिष्ठ साहित्यकार डा. वानिरा गिरीको निधन

सेयर:

काठमाडौं,जेठ १०। नेपाली साहित्यमा विद्यावारिधी गर्ने पहिलाे नेपाली महिला वरिष्ठ साहित्यकार डा. वानिरा गिरीको निधन भएको छ ।
७५ वर्षिया गिरीको आइतबार राति निधन भएकाे हाे ।
नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा उहाँकाे निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । विगत ३ वर्षदेखि उहाँ अल्जाइमर रोगबाट पीडित गिरीलाई केही समय पहिले काेभिड-१९ संक्रमण पनि भएकाे थियाे ।
डा. गिरी नेपाली साहित्यमा विद्यावारिधी गर्ने पहिलाे नेपाली महिला साहित्यकार हुनुहुन्थ्याे । कवि गोपालप्रसाद रिमालमाथि शोध गरेबापत गिरीलाई त्रिभुवन विश्वविद्यालयले साे उपाधि दिएकाे थियाे ।

साझा पुरस्कार पाउने पहिलाे महिला साहित्यकार समेत रहनुभएकी गिरीका कारागार, निर्बन्ध, जीवन: थामहरू, एउटा जिउँदो जंगबहादुर, मेरो आविष्कार, रोकिनेले आकार दिन सक्दैन लगायत कृति प्रकाशित छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।