बिर्तामोड,जेठ १२ ।झापामा कोभिडका विरामीहरुका लागि अक्सिजन अभाव भएर उपचारमा जटिलता देखिएपछि अक्सिजन बैंक स्थापनार्थ सुरु गरेको ‘एक व्यक्ति एक अक्सिजन’ सहयोग अभियनलाई रोटरी क्लब अफ बिर्तामोड मिड टाउनले ठुलो परिणाममा अक्सिजन सिलिन्डर वापतको रकम हस्तान्तरण गरेको छ ।
बुधबार चारपाने स्थित सहारा नेपाल साकोसको कार्यालयमा रहेको अभियानको सचिवालयमा अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई रोटरीका अध्यक्ष भेषराज भण्डरी प्रशान्तले १ सय १ वटा सिलिन्डर वापत पर्न आउने १५ लाख १५ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
एकालागि एक अभियनको अभियन्ता संस्थाको रुपमा रहेको रोटरी क्लवले आफ्ना सदस्यहरुबाट ८ थान, हिमालय डिष्टलरीबाट प्राप्त ८३ थान, मुकहाङ याक्थुम्बाबाट प्राप्त ८ गरि १ सय १ थान अक्सिजन सिलिन्डर वापतको रकम संकलनगरी अभियानलाई उपलब्ध गराएको रोटरी क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए ।
