१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मेचीनगरमा कोरोनाबाट थप दुई संक्रमितको निधन

सेयर:

१४ जेठ, मेचीनगर। मेचीनगरका थप दुई कोरोना संक्रमितको शुक्रबार निधन भएको ।

निधन हुनेहरुमा वडा नम्बर १० र वडा नम्बर १३ का दुई पुरुष रहेको मेचीनगर कोभिड संयोजक नबिन बरालले बताउनु भयो ।

वडा नम्बर १० का ३९ बर्षीय पुरुषको दमक लाइफलाइन अस्पतालबाट एम्बुलेन्समार्फत घर ल्याउने क्रममा बाटोमै निधन भएको बताइएको छ ।

त्यस्तै वडा नम्बर १३ का ५२ बर्षीय पुरुषको बिर्तासिटि अस्पतालमा निधन भएको हो ।

वडा नम्बर १३ का पुरुषको कनकाइ माईमा दाहसंस्कार भइ रहेको छ भने वडा नम्बर १० का पुरुषको निन्दा नदीमा दाहसंस्कारको तयारी भइ रहेको बरालले बताउनु भयो ।

शुक्रबार थप दुई संक्रमितको निधन हुँदा मेचीनगरमा कोरोनाको दोस्रो लहरयता कोरोनाको संक्रमण पछि ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।