मेचीनगर, १५ जेठ/ मेचीनगरमा शनिवार थप एकजनाकाे मृत्यु भएकाे छ । याे सँगै मेचीनगरमा काेभिडकाे कारण ज्यान गुमाउनेकाे संख्या १६ पुगेकाे छ ।
काेभिड नियन्त्रण तथा राेकथाम कार्यदलका संयाेजक नवीन वरालका अनुसार मेचीनगर १० का ५२ वर्षीय पुरूषकाे उपचारका क्रममा शनिवार विहान ६ बजे निधन भएकाे हाे ।
२ हप्ताअघि उपचारकालागि पुर्णटुङ्ग विर्तासिटी अस्पतालमा उपचारका लागि उनलाई भर्ना गरिएकाे थियाे । उनकाे शव नेपाली सेनाकाे टाेलीले व्यवस्थापन गर्ने छ ।
