१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

जनमोर्चाले सांसदबाट निकालेपछि थापा पुगे सर्वोच्चमा

सेयर:

२१ जेठ, काठमाण्डौं । राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा सर्वोच्चमा पुगेका छन्।

उनलाई बिहीबार जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएको थियो।

आफूलाई प्रक्रिया नपुर्‍याई सांसदबाट हटाएको विरोधमा उनी शुक्रबार सर्वोच्च अदालत पुगेका हुन्।

पार्टीले असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै थापाले सर्वोच्चमा रिट दर्ता गरेका छन्।

सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार यस रिटमा आइतबारका लागि पेशी तोकिएको छ।

थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङकै निरन्तरता चाहेका थिए। तर उनको दल जनमोर्चाले नेपाली कांग्रेसलगायत विपक्षी दलसँग गठबन्धन गरी कांग्रेस नेतृत्वमा गण्डकीमा सरकार बनाउन चाहेको थियो।

थापाले पार्टी निर्णयअनुसार नयाँ सरकार बनाउन हस्ताक्षर गरेका थिएनन्। त्यहीकारण उनलाई सांसद र पार्टी सदस्यबाट नै जनमोर्चाले निकालेको थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।