१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मन्त्री महत्तोको पदभार ग्रहण गरे लगत्तै चौतर्फी आलोचना, विज्ञप्ती जारी गदैं बचाउमा मन्त्री

सेयर:

काँकरभिट्टा २३ जेठ : काम चलाउ सरकारका उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका राजेन्द्र महतोको अहिले चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले महत्तोलाई उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी दिए पछि कार्यभार सम्हालेलगत्तै मन्त्री महत्तोले दिएको अभिव्यक्तिको अहिले सामाजिक सञ्जालमा धेरैले टिका टिप्पणी गरिरहेका छन् । आफूले आफ्ना मागसहित बहुराज्यको लागि आन्दोलन चलाउछु भन्ने अभिव्यक्ति दिएलगत्तै अहिले मन्त्री महत्तो विवादमा परेका र सवैक्षेत्रबाट आलोचित बन्नु भएको छ ।

यतिसम्मकी नवनियुक्त मन्त्री महत्तोलाई भारतीय दलाली र लेण्डव दोर्जेको संज्ञा दिदैं मन्त्री महत्तो लाई नेपाली राजनीतिबाट बहिष्कार गर्नुपर्ने आवाज समेत उठेको छ । पुर्वमन्त्रीदेखि सामान्य नागरिकले समेत अहिले सामाजिक सञ्जालमा मन्त्री महत्तोको कडा आलोचना गरिरहेका छन् । विभिन्न व्यक्तिहरुले पोस्ट गरेको स्टाटसमा धेरैले मन्त्रीको अभिव्यक्तिको विरोध गदैं प्रतिक्रिया दिएका छन् ।

‘उपप्रधान तथासहरी विकास मन्त्रीको सपथ लिएसँगै नेपाल बहुजातीय राज्य रहेको र सोहि अनुसार फरक नियम कानुन र संविधान बनाउनुपर्नेराजेन्द्र महत्तोको अभिव्यत्ति विखण्डनकारी छ । यो महत्तोको अभिव्यक्ति मात्र नभएर भारतको षडयन्त्र हो । नेपाललाई अर्काे सिक्किम बनाउने प्रपञ्च हो । यसलाई निरुत्साहित गर्नुपर्छ । राजेन्द्र महत्तो भारतीय दलाल हुन् अर्काे लेण्डुव दोर्जे हुन । उनलाई नेपाली राजनीतिबाट बहिष्कार गर्नैपर्छ ।’ झापाली युवा रमेश चन्दबाबु मैनालीले आफ्नो फेसबुक पेजमा पोस्ट गर्नुभएको छ । उहाँको यो पोस्टमा धेरैले प्रतिक्रिया दिएका छन् । अधिकाँशको प्रतिक्रिया मन्त्री महत्तोको यो अभिव्यक्तिको विरुद्घमा छ ।
नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गरे पश्चात् आफ्नो पार्टी सरकारमा रहुन्जेल ‘बहुल राष्ट्रिय राज्य निर्माणका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ प्रतिक्रिया दिएका छन् । उनको यो अभिव्यक्ति नेपालको संबिधान–२०७२ को भाग १, प्रारम्भिक,धारा ३ राष्ट्र का बारेमागरिएको परिभाषा(बहुजातीय,बहुभाषिक,बहुधार्मिक, बहुसांस्कृतिक बिशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्ष र नेपालको राष्टिय स्वतन्त्रता , भौगोलिक अखण्डता, राष्ट्रिय हित, तथा समृद्घिप्रति आस्थावान रहि एकताको सुत्रमा आवद्ध सवै नेपाली जनता समष्टिमा राष्ट्रिय हो ।) विपरीत छ । राष्ट्रका बारेमा हाम्रो पार्टी र राष्टिय युवा संघ नेपालले गरेको परिभाषा नै संविधानमा उल्लेखित परिभाषा हो । र, उक्त विषयलाई खण्डित हुन नदिन हाम्रो संघ सदैव क्रियाशील छ । राजेन्द्र महत्तोले राष्टका बारेमा दिइृएको अभिव्यक्तिको हाम्रो संघ घोर निन्दा र भत्सर्ना गर्दछ । ‘युवा अभियान नेपाल’ ले पोस्ट गरेको यो स्टाटसलाई किरण पौडेलले शेयर गर्नुभएको छ ।

राजेन्द्र महतोको अभिव्यक्तिले दुखित र ओलीको मौनताप्रति चकित बनेको प्रतिक्रिया एमाले नेता वामदेव गौतमले यसअघि व्यक्त गरिसक्नुभएको छ । महतोले संविधानको मर्म र भावना विपरित काम नगर्ने सपथ लिएको केहि समयमा नै त्यस किसिमको अभिव्यक्ति दिनुले आफूलाई दुख लागेको पुर्व गृहमन्त्री समेत रहनु भएका गौतमको भनाई छ । ‘नेपाल सरकारका उपप्रधानमन्त्री एवम् जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु ।

नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन ।’ उहाँको भनाई छ ।

यसैगरी नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुन कसैले पनि स्वीकार गर्न नसक्ने र सबै नेपालीले त्यसलाई विरोध गर्नुपर्ने बताउनुभएको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओली महतोको अभिव्यक्तिमा अनविज्ञता प्रकट गरेको प्रति आपत्ति समेत जनाउनु भएको छ ।

‘नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’ नेता गौतमले भन्नुभयो । हुनतः चौतर्फी आलोचना भएपछि मन्त्री महत्तोले आफ्नो अभिव्यक्ति सच्च्याउनु भएको छ । उहाँले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गदैं आफ्नो बचाउ गर्नुभएको छ । प्रेस विज्ञप्ती जारी गरेर मन्त्री महत्तोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको भन्दैं यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पार्नुभएको छ । ‘मैले संविधानको धारा ३ मा उल्लेख भए बमोजिम बहुजातीय , बहुभाषिक, बहुधार्मिक बहु साँस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्ष र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सवै नेपाली जनता समाष्टिमा राष्ट हो । भन्ने विषयलाई आत्मसात गदैं यो राज्य सवै जातजाति , वर्ग, समूदाय धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ ।’ यसअघिको आफ्नो अभिव्यक्ति सच्याउँदै मन्त्री महत्तोले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

होर्नुहोस् विज्ञप्ती

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।