११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा बिहीबारदेखि पढाइ सुरु हुने

सेयर:

रुकुम पूर्व – रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा रहेका विद्यालयमा बिहीबारदेखि पढाइ सुरु हुने भएको छ । गाउँपालिकाले कोरोना भाइरसको महामारीको कारण लामो समयदेखि बन्द रहेका विद्यालय असोज एक गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बन्द भएका शैक्षिक संस्थाहरु पर्सि बिहीबारदेखि सञ्चालनमा ल्याउने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिनुभयो । ‘लामो समयसम्म शैक्षिक संस्थाहरु बन्द भएपछि विद्यार्थी समस्यामा परेका छन्’ उपाध्यक्ष शाहीले भन्नुभयो,‘स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गरेर गाउँपालिकाभित्रका विद्यालयमा पठन-पाठन सञ्चालन गरिनेछ ।’

अहिले गाउँपालिकाभित्रका केही विद्यालयमा वैकल्पिक सिकाइ केन्द्रमार्फत पठनपाठन भइरहेको पनि उहाँले जानकारी दिनुभयो । गाउँपालिकामा कोरोना भाइरस सङ्क्रमित नभएको तर जोखिमको अवस्था रहेकाले उच्च सतर्कताका साथ पढाइ सुरु गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

सिस्नेका दुई वटा वडामा पनि पढाइ सुरु हुने

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पनि असोज ६ गतेदेखि गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याउने तयारी गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पठनपाठन सुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता जीवन केसीले बताउनुभयो ।

अन्य वडामा रहेका विद्यालयको लागि भने अर्को व्यवस्था नभएसम्मको लागि रेडियो शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने प्रवक्ता केसीले बताउनुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।