Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

माई खाेला हाइड्राेले डाक्यो साधारण सभा, आईपीओसहित लाभांशकाे प्रस्ताव

सेयर:

nnइलाम, ३ साउनः माई खाेला हाइड्राेपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको श्रावण २ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको दोश्रो वार्षिक साधारण सभा श्रावण २५ गते, बुधबार, कम्पनीको केन्द्रिय कार्यालय, अनामनगर, काठमाडौँमा बिहान ९:३० बजेबाट सुरू हुनेछ ।nnसभामा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने, प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।nnयसका साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने, सञ्चालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने, सञ्चालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।