Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

शेयर बजारमा वृद्वि, ९ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

सेयर:

अशोज ५, काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय ११ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २३ दशमलव ६२ विन्दुमा पुगेको छ ।

rn

अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेपछिको पहिलो कारोबार दिन शेयर बजार उच्च अङ्कले उकालो लागेको हो । यसअघि जेनजी आन्दोलनका कारण गएको बिहीवार असोज २ गते शेयर बजार खुल्दा १ सय ६० अङ्कले घटेको थियो ।

rn

आज म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, लगानी समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

rn

आज १६ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै साढे ७ प्रतिशतले घटेको छ ।

rn

आज नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । गएको बिहीवार ७२ करोड ८७ लाखको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका २ करोड ३२ हजार कित्ता शेयर ९ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।