Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

साफ १७ वर्ष मुनिको च्याम्पियनसिपको फाइनलमा पुग्न नेपालले भारतसँग खेल्ने

सेयर:

अशोज ७, काठमाण्डौ । साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपालले साबिक विजेता भारतसँग खेल्ने भएको छ । नेपाल र भारतबीचको खेल पर्सि बिहीवार हुनेछ । पर्सि नै बंगलादेश र पाकिस्तानले पनि एकअर्कासँग खेल्नेछन् ।

rn

कोलम्बो रेसकोर्समा समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएसँगै नेपालले प्रतिद्वन्द्वीको रुपमा भारतलाई पाएको हो । प्रतियोगितामा अपराजित रहेको भारत ९ अंकसहित आफ्नो समूहको विजेता बनेको छ । नेपाल भने समूह ‘ए’ को उपविजेता हो । भारतले माल्दिभ्सलाई ६–० र भुटानलाई १–० ले हराएको थियो ।

rn

नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको थियो । तर, दोस्रो खेलमा भने साबिक उपविजेता बंगलादेशसँग ४–० ले पराजित भयो । अन्तिम खेलमा बंगलादेशले श्रीलंकालाई ४–० ले हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा चलिरहेको प्रतियोगिता आउँदो शनिवारसम्म चल्नेछ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।