Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अलपत्र कन्काई पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण

सेयर:

२२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

rn

बुधबार अलपत्र पुल भएकै स्थानमा पुगेर युवाहरुको समुहले प्ले कार्ड सहित प्रदर्शन गरेको हो । उनीहरुले ‘हामीबाट भयो के भुल, सरकार चाँडो बना पुल’, ‘नचाहिने भ्यू टावर भन्दा चाहिने पुल बना सरकार,’ ‘सरकार ! पूर्ण निर्माण सँगै विकास निर्माण पनि गर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् ।

rn

हुलाकी सडकको यो पुल १४ वर्षदेखि अलपत्र छ । ठेक्का लिएको निर्माण कम्पनीले काम नगर्दा पुल अलपत्र छोडिएको हो । पुल नबन्दा यहाँका स्थानियबासी जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । झापाको गौरिगञ्ज–१ र झापा गाउँपालिकालाई जोड्ने कन्काई पुल निर्माण नहुँदा हिउँदमा बाँसको फड्के र बर्खामा डुंगाको जोखिमपूर्ण यात्रा गर्दै आवत जावत गर्नुपर्ने बाध्यता छ । बाँसको पुल तरेर यात्रा गर्दा ५० रुपैयाँसम्म तिर्नुपर्छ भने डुंगाको सहारामा यात्रा गर्दा १०० रुपैयाँसम्म तिर्नुपरेका स्थानिय बताउँछन् ।

rn

त्यसमा पनि पछिल्लो वर्षा र बाढीका कारण यो क्षेत्रतर्फको सम्पर्क मार्ग अवरुद्ध भएको छ । भद्रपुर देखी विराटनगर जोड्ने छोटो बाटो कनकाई पुल नबन्दा सञ्चालनमा आउन सकेको छैन ।

rn

विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो ।

rn

आगामी दिनमा पुल छिटो निर्माणका लागि थप दबाबमुलक कार्यक्रम गर्दै जाने स्थानिय यूवा मुकेश राजवंशीले बताए । यसका लागि स्थानियबासीको हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने तयारी छ । पुल नबन्दासम्म दबाबमुलक अभियान जारी रहने पनि उनले बताएका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।