Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले यूएई, कतार, ओमान र सामोआसँग खेल्ने

सेयर:

अशोज २५, काठमाण्डौ । समूह विजेता बन्दै आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्समा यूएई, कतार, ओमान र सामोआसँग खेल्ने भएको छ ।

rn

हिजो भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हरायो । नेपाल र जापानले आफ्नो पहिलो खेलमा कुवेतलाई हराउँदै यसअघि नै सुपर सिक्समा पुगिसकेका थिए । कुवेत भने समूह चरणबाटै बाहिरिइसकेको छ ।

rn

सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । जापानलाई हराएसँगै नेपालले सुपर सिक्समा २ अंक जोडेको छ । अब नेपालले जापानसँग सुपर सिक्समा खेल्न पर्ने छैन । अब नेपालले सुपर सिक्समा भोलि समूह ‘ए’ को विजेता यूएई र पर्सि उपविजेता कतारसँग खेल्नेछ ।

rn

यस्तै बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ । सुपर सिक्समा शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।