Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

इरानमाथि अमेरिकी आक्रमण, फेरि बढ्यो कच्चा तेलको भाउ

सेयर:

२०८४, असार २४ । इरानमाथि अमेरिकाले आक्रमण गरेसँगै कच्चा तेलको भाउ फेरि बढेको छ । पछिल्लो तनावसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिइएको अस्थायी छुट फिर्ता लिएको छ ।

rn

अमेरिका–इरान तनावको आक्रमणको प्रत्यक्ष असर विश्व बजारमा देखिएको हो । अमेरिकी कच्चा तेलको भाउ २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७२.४० डलरमा पुगेको छ । मध्य पूर्वमा बढेको तनावले तेल आपूर्तिमा असर पार्न सक्ने चिन्ताले ब्रेन्ट क्रुड र वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) क्रुड दुवैको मूल्यमा वृद्धि भएको हो ।

rn

बजार विश्लेषकका अनुसार यदि तनाव थप लम्बिएर स्ट्रेट अफ होर्मुजबाट हुने जहाज आवागमनमा कमी आएमा तेलको मूल्य अझै बढ्न सक्नेछ । २४ घण्टाअघि शुरु भएको हवाई आक्रमण झन्डै चार घण्टासम्म चलेको र त्यस क्रममा ‘सटिक हतियार’ प्रयोग गरेर ८० भन्दा बढी लक्ष्यमा प्रहार गरिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले जनाएको छ ।

rn

यो आक्रमणको जवाफ दिने इरानले प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इरानमा आक्रमण भएको केही घण्टापछि कुवेत र बहराइनमा पनि खतराको साइरन बजेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।