१८ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५६६ पीसीआर परीक्षणबाट १ हजार ३९१ र ४ हजार ३० एन्टिजेन परीक्षणमा ९०८ जना गरी २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ७८ हजार ८०८ जना संक्रमित भएका छन भने ६ लाख ३ हजार ६०० जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

