१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

स्काउटकाे ६३ औं वुड्व्याज र ५१ औं एड्भान्स तालिम सम्पन्न

सेयर:

९ कार्तिक, विराटनगर : नेपाल स्काउट कोशी प्रदेशको आयोजनामा विराटनगरमा ७ दिने ६३ औं व्वाइज वुड्व्याज र ५१ औं गर्ल्स एड्भान्स तालिम सम्पन्न भएको छ ।

कार्तिक ३ गतेदेखि सुरु भएको तालिममा प्रदेशका विभिन्न स्थानीय पालिकाका स्काउटरहरुको सहभागिता रहेको थियो । विराटनगरको सत्यनारायण विद्यालयमा आयोजित ७ दिवसिय तालिममा ३० जना पुरुष र २३ जना महिला गरी ५३ जनाको सहभागिता रहेको विराटनगर स्काउटका प्रमुख आयुक्त नवीन पहाडीले बताउनुभयो ।

विराटनगर स्काउटको व्यवस्थापनमा आयोजित तालिममा महिलातर्फ राष्ट्रिय शैक्षिक पद्धति आयुक्त भुवन सुब्बा र पुरुषतर्फ राष्ट्रिय कार्यकारी समिति सदस्य नवलप्रसाद उपाध्यायले तालिम दिनुभएको हो । समापन कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले कोशी प्रदेश स्काउटलाई देशकै अब्बल बनाउने उदेश्य रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगरकी उपमेयर तथा स्थानीय स्काउट प्रमुख शिल्पा निराला कार्कीले स्काउटको भूमिका अत्यन्तै ठुलो रहेको उल्लेख गर्नुभयो ।

उहाँले बालबालिकाहरुको चौतर्फी विकास गर्दै युवाहरुलाई समेत स्वयंमसेवी भावना जागृत गराउने गरी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । युवाहरुको क्षमता अभिवृद्धि गर्दै नेतृत्व क्षमता विकासमा सहयोगी हुँदै आएको यो संस्थालाई सहयोग गर्न महानगरपालिका सँधै तयार रहेको बताउनुभयो । उपमेयर कार्कीले तालिम लिएकाहरुलाई सिकेका सीप र ज्ञान व्यवहारिक रुपमा कार्यान्वयन गर्न समेत आग्रह गर्नुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।