३ हजार ३६५ जनामा संक्रमण पुष्टि
१४ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३३५ संक्रमण देखिएको छ भने ४ हजार ६८७ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १४ हजार २४२ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ६ लाख ९० हजार ६४२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ५९ हजार ३८० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ५० हजार ४४५ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।