१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

झापाका नागरिक अगुवाहरु भन्छन…… सरकार ! बाँच्नका लागि कोरोनाबिरुद्धको खोप (भ्याक्सिन) देऊ

सेयर:

मेचीनगर, २० जेठ । कोरोना भाइरसबाट नागरिकको जीवन बचाउन तत्काल सहजरुपमा खोप उपलब्ध गराउन झापाका नागरिक अगुवाहरुले सरकारसँग माग गरेका छन् ।सम्वाद समूह झापाको संयोजनमा विहीवार झापाका नागरिक समाजका प्रतिनिधिहरुबीच भएको भर्चुअल छलफलमा कोरोनाबाट बच्ने अन्तिम विकल्प खोप नै भएकाले तत्काल खोप उपलब्ध गराउन ध्यानाकर्षण गराइएको हो । उनीहरुको एउटै आवाज थियो — सरकार ! बाँच्नका लागि कोरोनाबिरुद्धको खोप (भ्याक्सिन) देऊ ।
छलफलले निषेधाज्ञा मात्र कोभिड नियन्त्रणको विकल्प नहुँदा तत्त्काल नागरिकलाई प्राथमिकताका आधारमा निःशुल्क खोपको व्यवस्था मिलाउन र पर्याप्त अक्सिजनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउदछौ । सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन नसकिने अवस्था भए विपन्नलाई निःशुल्क र सक्नेबाट शुल्क लिएर भएपनि खोप उपलब्ध गराउन माग गर्दछौं । साथै खोप खरिद प्रक्रिया सहज बनाई स्थानीय सरकार, सामाजिक तथा निजी क्षेत्रलाई साझेदार बनाउन अपिल गर्दछौं । यस कार्यका लागि सरकारलाई रचनात्मक दबाद सिर्जना गर्न आम नागरिकमा आग्रह गर्ने नागरिकको स्वास्थ्य अधिकार मौलिक अधिकार हुँदा प्रत्येक ब्यक्तिको बाँच्न पाउने मौलिक अधिकारको सम्मान गर्दै आम नागरिकको जीवन रक्षाका लागि सम्पूर्ण ध्यान नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित गर्दै आवश्यक नीति र बजेटको व्यवस्था गरी तत्काल कार्यन्वयन गराउन तीनै तहका सरकारको ध्यानाकर्षण गराउदछौ । र सहयोगका लागि क्रियाशिल राजनीतिक दल संग आग्रह गर्ने, कोभिड बाट बच्न स्वास्थ्य सावधानी अपनाउन आम नागरिकमा आग्रह गर्दै नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रमलाई तिव्रता दिन सम्बद्ध निकायसंग अनुरोध गर्ने, निषेधाज्ञाको अबधिमा कन्ट्रयाक्ट ट्रेसिङ पीसीआरको दायरा बढाई किट ,आइसोलेसन सेन्टर, अक्सिजन , अस्पतालको उचित प्रवन्ध मिलाई संक्रमित विरामीले तत्काल आबश्यकता अनुसारको स्वास्थ्य सुविधा प्राप्त गर्न सक्ने व्यवस्थापन मिलाउन स्थानीय सरकार र सरोकारवाला संग आग्रह गर्ने र औषधि , उपकरण , दैनिक उपभोग्य बस्तुमा कृत्रिम अभाब कालाबजारी र मूल्य वृद्धि भएकोले सो का लागि नियमीत अनुगमन र कारबाही अगाडि बढाउन तथा पारदर्शी ढंगले अक्सिजन वितरणको सेवा प्रवाह गर्न सरोकारवालासंग जोडदार माग गर्ने यस्तो छ निष्कर्ष निकालिएको छ ।
छलफलमा सहभागी नागरिक अगुवाहरुले सबै नागरिकलाई तत्काल निःशुल्क खोप उपलब्ध गराउन माग गरे । यदि सरकारले सबैलाई निःशुल्क खोप दिन सक्दैन भने सक्नेबाट शुल्क लिएर र विपन्नलाई निःशुल्क खोप उपलब्ध गराउन पनिसुझाव दिएका छन् ।
खोप खरिदका लागि संघीय सरकारले स्थानीय सरकार तथा अन्य सामाजिक एवम् निजी क्षेत्रलाई पनि अनुमति दिएर सहज बनाउनु पर्ने बताइएको छ । स्थानीय सरकार तथा निजी क्षेत्रले खोप खरिदका लागि चासो देखाइरहेका बेला संघीय सरकारले प्रक्रियालाई सहज बनाएर अघि बढ्नु पर्ने उनीहरुको भनाइ छ ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा झापा सभापति लोकराज ढकालले खोपलाई प्राथमिकता दिएर अघि बढ्न आग्रह गर्नुभयो । गैर सरकारी संस्था महासंघ झापाका अध्यक्ष हरि गौतमले सबै नागरिकमा सहजरुपमा खोपको सुनिश्चता हुनु पर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईले खोप उपलब्ध गराउन सरकारलाई नागरिकस्तरबाट रचनात्मक दवाव सिर्जना गर्नु पर्ने बताउनुभयो । नेपाल बार एशोसिएशन झापाको मानवअधिकार समिति संयोजक टंकप्रसाद दंगालले खोप उपलब्ध र उपचार सहज बनाएर जिम्मेवार बन्न सरकारलाई आग्रह गर्नुभयो । मानवअधिकारकर्मी डा. रुपक खनालले तत्काल नागरिकलाई खोप उपलब्ध गरा नागरिकको जीवन बचाउन सरकारलाई आग्रह गर्नुभयो । मानवअधिकारकर्मी डा. केपी सुबेदीले सबै नागरिकको पहुँचमा तत्काल खोप उपलब्ध गराई नागरिकको जीवन रक्षा गर्न आग्रह गर्नुभयो ।
नारी सञ्चारगृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले नागरिक तहबाट दवाव सिर्जना गरी सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । कोचिला महिला फ्रन्टकी अध्यक्ष सनम राजवंशीले स्थानीय सरकारमार्फत भएपनि तत्काल खोप उपलब्ध गराउन आग्रह गर्नुभयो । सञ्चारकर्मीहरु लक्ष्मी उप्रेती, नरेन्द्र ढकाल, बिनोद पाण्डे लगायतले विभिन्न सुझाव राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गर्नुभएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।