Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अन्तरिम सरकारले चालेका कदमले समाजमा अविश्वास पैदा गर्यो : नेकपा एमाले झापा

सेयर:

अशोज १५, बिर्तामोड । नेकपा एमाले झापाले वर्तमान अन्तरिम सरकारले चालेका कदम र निर्णयहरुले समाजमा आतंक, अविश्वास पैदा गरेको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै एमालेले फागुन २१ को निर्वाचनका लागि विश्वासको वातावरण बनाउनु पर्नेमा विथोल्ने काम गरिरहेको धारणा सार्वजनिक गरेको हो ।rnrnजेनजीहरुले जायज माग राखेर गरेको आन्दोलनमा घुसपैठ हुँदा देशले असाधारण क्षति व्यहोर्नु परेको भन्दै झापा एमालेले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

rn

नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत ६ बुँदे धारणा

rn

१. २०८२ भदौ २३ गते युवा पुस्ताले आयोजना गरेको शान्तिपुर्ण जनप्रदर्शनमा घुसपैठ गराउने, अशान्ति मच्चाउने र स्थिति भड्काएर करिव डेढ दर्जन होनहार सपुतहरुको ज्यान जाने अवस्था कसरी सृजना भयो भनेर निष्पक्ष छानविनको माग सबै पक्षको छ ।

rn

२. हामी विदेशी दलालका झोले होइनौ । मातृभुमिको रक्षाका लागि शिरमा कफन बाँधेर बिदेशी दलाल र निरंकुशताको बिरुद्ध लडेका योद्धाहरु हौं । नेपाली जनताको बलिदानीबाट प्राप्त गरेको समाजवादउन्मुख संविधान र लोकतान्त्रिक गणतन्त्रका पहरेदार हौं । नेकपा (एमाले) र लोकतान्त्रिक पक्षधरहरुलाई तर्साउन खोज्नु गृहमन्त्रीको सर्वथा भुल हुनेछ ।

rn

३. केपी ओली सरकारको वहिर्गमनपछि भदौ २४ गते करीव साढे चार दर्जन नागरिक र सुरक्षाकर्मीको ज्यान गएको छ । अति संवेदनशील सरकारी भवनहरुमा आगजनी गर्ने, तोडफोड गर्ने, लुटपाट गर्ने र रोजिरोजी÷खोजिखोजी लोकतान्त्रिक नेता, जनप्रतिनिधि, राष्ट्रसेवक, व्यावसायिक प्रतिष्ठान, शिक्षालय, सामाजिक प्रतिष्ठान र शालिकहरु, सहकारी, सरकारी तथा निजी सवारी साधनहरु जलाउने, फोर्ने, कुट्ने, लुट्ने, अपराधी भगाउने जस्ता काम क–कसको अँध्यारो कोठामा, कुनकुन विदेशी दलालको कर्तुतबाट भयो भन्ने कुराको वास्तविकता खुल्न शुरु भएको छ । खबरदार गृहमन्त्रीजी, तथ्यगत र आधिकारिक पुष्टि सरकारले नै गर्नुपर्दछ ।

rn

४. घटनाको निष्पक्ष छानविन गर्नुको सट्टा सत्यतथ्य सूचना मेटाउने, लोकतान्त्रिक प्रणाली र नेताहरुमाथि मनोवैज्ञानिक आक्रमण गर्ने, हाँकाहाँकी अपराधीलाई कानुनको दायरामा ल्याउने प्रहरीको कर्तव्य अपहरण गर्ने फर्मान जारी गर्न कुन अदृश्य दलालको हात छ ? विदेशी गुलाम भएर होइन, चन्द्रसुर्य अंकित झण्डासामु उभिएर जवाफ दिनुपर्दछ ।

rn

५. माननीय गौरीबहादुर कार्की आयोगले निश्चित समयको अध्ययनपश्चात सत्यतथ्य ल्याउनेछ, दूध र पानी छुट्टिनेछ भन्ने नै थियो । वहाँको सोसल मिडियामा भदौ २३ र २४ गतेका घटनाका पूर्वतयारी, योजना र निर्णयसहितको लेखन हाल आएर छताछुल्ल भएको छ । सर्वप्रथम गौरीबहादुर कार्कीको लेखाई र भईरहेको घटनाक्रमको बारेमा नै छानविन कार्य अविलम्ब शुरु गर्न, ढाकछोप नगर्न साथै देशभित्र कसैलाई स्थानहद नगर्न र विदेशी दलालको अर्तिबाट मुक्त भई संविधानवाद, लोकतन्त्र र राष्ट्रभक्तिको मर्यादाभित्र रहन गृहमन्त्री ज्यूलाई आग्रह गर्दछौं ।

rn

६. हामी भ्रष्टाचार विरोधि हौ । अहिलेका सत्तावालाले फतुर होइन, सबै आरोपको एकएक छानविन गरौ, अग्नि परीक्षामा होमिन हामी तयार छौं । कुलमा नाम भंजाएका बहालवाला मन्त्रीहरुको सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर, यथार्थता जनताले बुझ्नुपर्छ र सक्कली अनुहार खुल्नुपर्छ । फाल्गुण २१ गते निर्वाचन गर्ने जिम्मेवारी पाएको सरकारले विश्वासिलो वातावरण बनाउनुको सट्टा बिथोल्ने काम गर्दैछ । अति गरे खति पर्ला, ध्यानाकर्षण गर्दछौं ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।